पोखरा । कलम बचत तथा ऋण सहकारी संस्था लि., पालिखेचोकको १० औं साधारणसभा तथा चौथो अधिवेशनले अर्जुनप्रसाद पोखरेलको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत् चयन गरेको छ ।
समिति उपाध्यक्षमा मनोहरि सापकोटा, सचिव राजेन्द्र घिमिरे, सहसचिव शिवराज बास्तोला र कोषाध्यक्ष प्रकाश गिरि रहेका छन् । सञ्चालक समिति सदस्य कवीन्द्र पोखरेल र बसुन्धरा कोइराला चयन भए ।
यस्तै, लेखा समिति संयोजकमा रमेशराज बराल तथा सदस्य सञ्जय आचार्य र निर्मला सुवेदी छन् ।
साधारणसभा उद्घाटन गर्दै पोखरा महानगरका सहकारी विभाग प्रमुख तेजनारायण अधिकारीले नगरमा सञ्चालित ३ सय ५७ सहकारीमध्ये ७० सहकारीको अनुगमन गरिसकेको जानकारी दिए ।
कार्यक्रममा साँघुमुख महेन्द्रपुल बजार समिति अध्यक्ष सूर्यराज त्रिपाठी, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ पूर्व उपाध्यक्ष देवकृष्ण काफ्ले, निर्वाचनमण्डल अध्यक्ष ज्ञानबहादुर कार्की, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ केन्द्रीय सदस्य शिवराज बास्तोला, जिल्ला अध्यक्ष मोहनप्रसाद सापकोटा, साहित्यकार शिवराज त्रिपाठी, नेपाल अडिर्टर्स एशोसिएसन कास्की अध्यक्ष रुद्रनाथ पौडेल, शेयरधनी दिनेश अर्याललगायतले बोलेका थिए ।
कार्यक्रममा सहकारी अध्यक्ष ऋषिराम शर्मा भण्डारीले अध्यक्षको प्रतिवेदन, लेखा संयोजक गोविन्द गौतमले लेखा समिति र कोषाध्यक्ष राजेन्द्र घिमिरेले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहकारी अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी उपाध्यक्ष अर्जुनप्रसाद पोखरेलले स्वागत र सचिव मनोहरि सापकोटाले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सहकारी रकम हिनामिना गर्ने ५ जनालाई ३ वर्ष कैद
क्यान्सरबारे पोखरा रोयल सहकारीको सचेतना
पुरानोधारा सहकारीमा कृष्णप्रसाद काेइराला
नव सिद्धार्थ सहकारीको सम्मान
सक्षम सहकारीको पदस्थापन
hero news full width
मुख्य समाचार
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
फागुन १७, २०७७स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७