रेडियो जननीको साधारणसभा

आदर्श समाज संवाददाता
पौष ११, २०७७
Radio AGM News 2077-09-11

पोखरा । रेडियो जननीको ११ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन गर्दै अग्रज पत्रकार नारायण कार्कीले सूचना प्रवाहका निम्ति रेडियो एक सशक्त माध्यम रहेको बताए ।

‘कोभिड–१९ ले विश्व नै आक्रान्त बनिरहेको अवस्थामा सञ्चार क्षेत्र पनि अछुतो छैन्, आर्थिक क्षेत्र धरासायी बनिरहेको यो अवस्थामा मिडिया क्षेत्रमा अझ चुनौती थपिएको छ, सोही कारण आर्थिक पाटोलाई सशक्त बनाउनुपर्छ, जसका निम्ति अरू क्षेत्र स्वस्थ्य हुनु आवश्यक छ,’ उनले भने ।

रेडियोले सुरुआती अवस्थादेखि नै उद्यशीलताको क्षेत्रलाई विशेष जोड दिँदै आएको भन्दै रेडियो जननीका अध्यक्ष मीलन थापाले यस विषम परिस्थितिमा पनि रेडियोलाई निरन्तरता दिँदै आएको जानकारी गराइन् । महामारीको रूपमा फैलिएको कोभिड–१९ का कारण रेडियो जननीका प्रमुख कार्यक्रमहरू समेत स्थगित गर्नुपरेको भन्दै समयानुकुल ती कार्यक्रमहरूलाई पनि निरन्तरता दिँदै जाने उनले बताइन् ।

रेडियोका संस्थापक अध्यक्ष हीरा भट्टराईले विभिन्न आरोहअवरोह पार गर्दै उद्यमशीलता तर्फ लाग्ने नेपालकै पहिलो रेडियो रेडियो जननी रहेको बताइन् । रेडियोलाई निरन्तरता प्रदान गर्न सम्पूर्णको सहकार्यको खाँचो रहेको समेत उनको भनाइ थियोे ।

‘स्थापनाकालको छोटो अवधिमा पनि रेडियोले समाजमा सकरात्मक प्रभाव पारेको छ, यसले रेडियोलाई आगामी दिनमा अझ सशक्त रूपमा अगाडि बढाउन हौसला मिलेको छ,’ भट्टराईले भनिन् ।

कोरोना महामारीका कारण राष्ट्रिय सञ्चारमाध्यमहरू धरासायी बन्दै गइरहेका बेला मोफसलमा रहेर पनि रेडियो जननीले आफ्नो कार्यलाई निरन्तरता दिनु पनि आफैमा एक सफलता रहेको रेडियोका संस्थापक सेयर सदस्य एवं थ्री सिस्टरका प्रबन्ध निर्देशक लक्की कार्की क्षेत्रीले बताइन ।

संस्थापक सेयर सदस्य लक्ष्मी पाण्डले राज्यले मिडियामा सोचे अनुरूपले लगानी नगरेको भन्दै मिडियाको आर्थिक पाटो निकै कमजोर रहेको बताइन् । उनले उद्यमी वर्ग साथै समाजमा रहेका आवाजविहीनको आवाजलाई बुलन्द बनाउन रेडियो जननीले अझ प्रभावकारी भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताइन् ।

सफल मिडिया प्रा।लिका निर्देशक एवं रेडियो जननीका सल्लाहकार दुर्गा हुमागाईले कोभिडको असरबाट मिडिया अछुतो नरहेको भन्दै चुनौतीलाई आत्मसाथ गर्दै अगाडि बढ्न सुझाव दिए । साथै मिडिया क्षेत्र निकै प्रतिस्पर्धात्मक रहेको यस समयमा रेडियो जननीले समाजमा छुट्टै छाप छोड्न सफल भएको प्रति उनले खुसी व्यक्त गरे ।

रेडियो जननी ९०.६ का प्रवन्ध निर्देशक सविता शेरचनले रेडियोलाई प्रत्यक्ष एवं अप्रत्यक्ष रुपबाट सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा रहेको बताइन् ।

रेडियोका कानुनी सल्लाहकार दामोदर अधिकारी, सेयर सदस्य एवं कर्मचारीको उपस्थिति रहेको सो कार्यक्रममा संस्थामा रहेर संस्था संचालनमा पु¥याएको योगदान स्वरुप रेडियोका कर्मचारीलाई सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width