जनजागृतिमा महिलामात्र शेयर सदस्य

adarsha samaj आदर्श समाज संवाददाता
पौष ११, २०७७
janagrati

लेखनाथ । जनजागृति महिला बचत तथा ऋण सहकारी संस्था, पोखरा–२६ को दोस्रो वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

साधारणसभा उद्घाटन गर्दै संस्थाका वरिष्ठ सल्लाहकार पूर्व प्रहरी नायव उपरीक्षक मोहनराज बस्नेतले आयआर्जनमा सहयोग पुग्ने गरी उत्पादन क्षेत्रमा लगानी बढाउनु पर्ने बताए ।

महिला सञ्जाल पोखरा–२६ संयोजक लक्ष्मी रानाभाटले महिलाहरु चुलोचौकोमा मात्र सीमित नभई आर्थिक उपार्जन र आत्मनिर्भर हुने गरी अगाडि बढ्न सुझाव दिइन् ।

कार्यक्रममा जागृति महिला समूह अध्यक्ष कमला रानाभाट, जागृति आमा समूहकी निवर्तमान अध्यक्ष डिलमाया ढुंगाना, वरिष्ठ सल्लाहकार कृष्णप्रसाद ढुंगाना, सदस्य रीतादेवी रानाभाट, जागृति टोल विकासका अध्यक्ष ओमबहादुर गुरुङलगायतले सहकारीको विकासका लागि सहकार्य गर्नुपर्ने बताए ।

संस्था अध्यक्ष पार्वती कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा सचिव मनकुमारी रानाभाटले संचालन, सदस्य कल्पना भण्डारीले स्वागत र सदस्य निर्मला बस्नेतले धन्यवाद ज्ञापन गरेका थिए ।

सो अवसरमा सहकारीको रिक्त कोषाध्यक्षमा कल्पना भण्डारी र लेखा संयोजकमा डिलकुमारी रानाभाटलाई चयन गरियो । यस्तै, कार्यालय प्रमुख लक्ष्मी ढुंगानाले लेखा प्रतिवेदन पेस गरेकी थिइन् ।

महिलामात्र शेयर सदस्य रहेको सो सहकारीमा हाल करिब ४ सय शेयर सदस्य छन् । संस्थाको शेयर पुँजी ९० लाख ३१ हजार रहेको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads