पोखरा । पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था लि. पोखरा–८ पृथ्वीचोकको ७ आंै वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति गठन गरेको छ । संस्थाको शनिबार भएको सभाले किरणप्रसाद बञ्जारालाई निर्विरोध अध्यक्ष चयन गरेको हो । समितिको उपाध्यक्षमा कृष्णकुमार मुल्मी, सचिवमा मेघबहादुर शाही र कोषाध्यक्षमा रामप्रसाद मुल्मी चयन भए ।
यसैगरी सदस्यमा अरविन्द तुलाचन, रामकुमार लामिछाने, सूर्यबहादुर थापा, रश्मी भण्डारी र अमृता थापा छन् । लेखा समिति संयोजकमा खिमबहादुर खड्का, सदस्यमा लक्ष्मण पौडेल र सूर्य गिरी चयन भए । ऋण उपसमितिमा संयोजक सूर्यबहादुर थापा चयन तथा सदस्यमा नित्यानन्द सुवेदी र विष्णु गिरी मनोनयन भएका छन् । शिक्षा उपसमितिमा संयोजक रामकुमार लामिछाने, सदस्यमा सन्दीप थापा र उत्सव मुल्मी रहेका छन् भने महिला उपसमिति संयोजक रश्मी अधिकारी भण्डारी तथा विष्णु कोइराला र विन्ध्येश्वरी तझ्या लामा सदस्य छन् ।
अनुगमन समिति संयोजक सोभित बस्याल, सदस्यमा अमृत पोखरेल र महेन्द्रराज पौडेल रहेका छन् । यसैगरी संस्थाले कानूनी सल्लाहकारमा शिवराज पौडेल, सल्लाहकारमा तेजेन्द्र तुलाचन, केदारनाथ अधिकारी, गोविन्दकुमार श्रेष्ठ र तेजकुमारी रेग्मी मनोनयन भएका छन् ।
निर्वाचन समितिका संयोजक एवं संस्थाका कानुनी सल्लाहकार शिवराज पौडेलले नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका थिए । साधारण सभाको समापन कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले सहकारी, सरकारी र निजी क्षेत्रको सामूहिक प्रयासबाट राष्ट्र आर्थिक रुपले मजबूत हुन सक्ने बताए ।
सदस्यहरुलाई जन्मदेखि मृत्युपर्यन्त सुख र दुःखमा सहकारीको साथ रहने बताउँदै तिवारीले मानिसलाई सानै उमेरदेखि नै बचत गर्ने बानी सिकाउनुपर्ने र बचतको महत्वबारे बुझाउनु पर्नेमा जोड दिए । राष्ट्रिय सहकारी बैंक तालचोक शाखा प्रबन्धक सन्तोष घिमिरेले राष्ट्रिय सहकारी बैंकमा पृथ्वी बहुउद्देश्यीय पनि रहेको उल्लेख गर्दै संस्थाले प्राप्त गरेको सफलताप्रति बधाई ज्ञापन गरे । संस्थाका सल्लाहकार तेजेन्द्र तुलाचनले संस्था अर्गानिक मलबाटै हुर्किएकाले मजबुत भएको बताए ।
स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पृथ्वी बहुउद्देश्यीय सहकारी राष्ट्रियस्तरमै पुरस्कृत हुनु यस क्षेत्रकै गौरव भएको बताए । मुनाल सहरकारीका अध्यक्ष दुर्गाप्रसाद हुमागाईंले एक व्यक्ति, एक सहकारीको नियम पालना गर्नुपर्ने र यसले सबैलाई फाइदा हुने बताए ।
आर. पौडेल एण्ड एशोसिएसनका लेखा परीक्षक रुद्रनाथ पौडेलले उत्कृष्ट कारोबार गरेर नै संस्था राष्ट्रिय रुपमा पुरस्कृत हुन सफल भएको उल्लेख गरे । संस्थाका अध्यक्ष ओमबहादुर कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अध्यक्ष कार्कीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
पदस्थापनपछि नवनिर्वाचित अध्यक्ष किरणप्रसाद बञ्जाराले राष्ट्रिय रुपमै सम्मानित संस्थाको नेतृत्व गर्ने अवसर पाउँदा गर्व लागेको बताए । साथै उनले संस्थाको भवन निर्माण गर्ने, पृथ्वी छात्रवृत्ति कोष स्थापना गर्ने, मोवाइल बैंकिङ सञ्चालन गर्ने, सवारी दूर्घटना न्यूनिकरणको कार्य गर्ने र आफूले संस्थाबाट बैठक भत्ता आदि नलिने घोषणा गरेका थिए ।
संस्थाका प्रबन्धक मोहनप्रसाद अधिकारीले संस्थाका गतिविधि प्रस्तुत गरेका थिए । सचिव किरणप्रसाद बञ्जराको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको सञ्चालन सेयर सदस्य रश्मि अधिकारी भण्डारीले गरेकी थिइन् ।
उत्कृष्ट सदस्य सम्मानित
संस्थाले उक्त अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । संस्थाबाट आब ०७६÷०७७ मा उत्कृष्ट निक्षेपकर्ता वर्ष सदस्य हरिबहादुर खड्का, उत्कृष्ट बचत कारोबारकर्ता तेजेन्द्र तुलाचन र उत्कृष्ट आर्थिक कारोबारकर्ता मीनबहादुर गुरुङ सम्मानित भए । यसैगरी संस्थाका ज्येष्ठ नागरिक सम्मानबाट दिलमाया मुल्मी सम्मानित भएकी छन् । सोही कार्यक्रममा मिडिया ल्यान्डद्वारा आयोजित सेकेण्ड चाइल्ड आइकन पोखरा २०७६ की फष्ट रनर अप मानुषी भण्डारी र पोखरा विश्वविद्यालयबाट इलेक्ट्रोनिक शिक्षामा बिइ इन्जिनियरिङ उत्तीर्ण ऐश्वर्या कार्की पुरस्कृत भए ।
Related News
सम्बन्धित समाचार
प्रदेश शाखाका लागि राष्ट्रिय सहकारी बैंकलाई अनुमति
रुपाकोट रिसोर्टले निस्काशन गरेका मजदुरको पुनवर्हाली माग्दै ज्ञापनपत्र
लेखनाथ उवा संघको अधिवेशन २०७८ भदौ १८ र १९ गते
निशान म्यागनाइट गाडी नेपाली बजारमा
नेपाली घ्यू जापानमा लोकप्रिय
hero news full width
मुख्य समाचार
पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
नेपाली खानालाई विश्वभर पस्किँदैछुः सन्तोष साह
फागुन १३, २०७७काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
फागुन १३, २०७७माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फागुन १३, २०७७फेवातालको क्षेत्रफल ११२५५ रोपनी
फागुन १३, २०७७संसद पुनर्स्थापनापछि विजय र्याली
फागुन १२, २०७७