वर्ल्ल्डलिंकको रक्तदानमा ६३ युनिट संकलन

आदर्श समाज संवाददाता
पौष ११, २०७७
Worldlink Blood Donation news

पोखरा । वर्ल्ल्ड लिंक कम्युनिकेसन लिमिटेडले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमबाट ‘६३ युनिट’ संकलन भएको छ । पोखराको अमरसिंहचोकमा क्षेत्रिय रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा आज (शनिबार) सम्पन्न रक्तदान कार्यक्रमबाट ६३ युनिट रक्त संकलन भएको हो ।

पोखरा महानगरपालिका वडा नं.१० का अध्यक्ष राजकुमार गुरुङले पहिलो रक्तदाता विनोद केसीलाई ब्लडब्याग हस्तान्तर गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

सो अवसरमा बोल्दै अध्यक्ष गुरुङले लकडाउनको समयमा पनि इन्टरनेटको सेवासँगै सामाजिक भाव राख्दै रक्तदानको आयोजना गरेको भन्दै प्रशंसा गरे । उनले कोभिड–१९ कोरोना भाइरसको महामारीको समयमा रगतको अभाव भएको अवस्थामा वल्र्डलिंकको रक्तदान कार्यकमबाट संकलित युुनिटले थप टेवा पुग्ने धारणा राखे । गुरुङले निजी संस्था वल्र्डलिंकले गरेको उदाहरणीय कार्यको अन्य संघ–संस्थाले समेत अनुकरण गर्नुपर्ने बताएका थिए ।

त्यस्तै गण्डकी प्रदेशका क्षेत्रीय प्रबन्धक युशफ श्रेष्ठले आधुनिक प्रविधि तथा इन्टरनेटको सेवा सुविधासँगै सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले गत वर्ष देखी रक्तदान कार्यक्रम आयोजना गर्दै आएको बताए ।

‘हामीले गत वर्षदेखि सेवासँगै सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यसहित रक्तदा गर्दै आएका छौं,’ उनले भने, ‘यस वर्ष झन यस्तो कोरोनाको महामारी छ । रगतको अभाव भएको भन्ने छ त्यसैले हाम्रो कार्यक्रमबाट संकलित युनिटले केही सघाउ पुग्नेमा विश्वस्त छौं ।’ अमरसिंह शाखाका प्रमुख विक्रम पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन बुद्ध बिकले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width