अर्मलाको वन क्षेत्र संरक्षण गर्न समिति

आदर्श समाज संवाददाता
पौष ११, २०७७
Armala News 9 final

पोखरा । अर्मलाकोटको वन क्षेत्र संरक्षणका लागि सामुदायिक वनमा दर्ता गर्न उपभोक्ता समिति गठन गरिएको छ ।

पोखरा १६, अर्मलादेखि उत्तरको विशाल वन क्षेत्रको संरक्षण तथा सम्वद्र्र्धनका लागि उपभोक्ता समिति गठन गरिएको हो । उक्त वन क्षेत्र महानगरकै सबैभन्दा ठूलो र घना वन क्षेत्रभित्र पर्दछ ।

गठित समितिमध्ये तेजबहादुर गुरुङको अध्यक्षतामा अर्मला कालीलेक सैनीडाँडा सामुदायिक वन उपभोक्ता समूह र सु.इन्द्रबहादुर गुरुङको अध्यक्षतामा म्हौधुँ, च्होगोे, अर्मला सामुदायिक वन उपभोक्ता समूह गठन गरिएको हो ।

समाजसेवी कर्णबहादुर गुरुङको अध्यक्षता र सामुदायिक वन महासंघ गण्डकी प्रदेश उपभोक्ता समूहका सदस्य जीतबहादुर बस्नेतको उपस्थितिमा भएको भेलाले वन क्षेत्रले ठूलो भूगोल ओगटेकोले २ वटा सामुदायिक समूह जिल्ला वन कार्यालय कास्कीमा दर्ता गर्ने निर्णय गरेको छ ।

समिति सल्लाहकारमा कर्णबहादुर गुरुङ संयोजक तथा तेजबहादुर गुरुङ, दुर्गाबहादुर गुरुङ, दिलबहादुर गुरुङ, जुमप्रसाद गुरुङ, दिलप्रसाद गुरुङ र खिमबहादुर गुरुङ सदस्य छन् ।

गुरुङ जातिको बाहुल्य रहेको अर्मलाको वन क्षेत्र परम्परागत रुपमा नै उपभोग हुँदै आएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width