दाहाल–नेपाल समूहले बुझायो निर्वाचन आयोगमा २ सय ९५ केन्द्रीय सदस्यकाे हस्ताक्षर

आदर्श समाज संवाददाता
पौष १०, २०७७
aayog

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा २९५ जना केन्द्रीय कमिटीको हस्ताक्षर बुझाएको छ।

पार्टीको नाम, चुनाव चिह्न र वैधानिकता दाबी गर्दै सो समूहले शुक्रबार आयोगमा हस्ताक्षर बुझाएको हो।

हस्ताक्षरको सूची बुझाउँदै अध्यक्ष पुष्पकमल दाहालले आवश्यक परे ३१५ जनाको भौतिक उपस्थिति गराइने प्रतिबद्धता जनाएका छन्।

दाहालले निर्वाचन आयोगका पदाधिकारीसमक्ष ७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र एकता भएर नेकपा गठन भएको, सोही दिनको केन्द्रीय समितिको संयुक्त अधिवेशनले ४४१ सदस्यीय केन्द्रीय कमिटी बुझाएको पनि अवगत गराएका छन्।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधान र प्रचलित कानुनमा भएको व्यवस्थाबमोजिम विवाद निरुपण हुने विश्वास दिलाए।

उनले सकेसम्म विवाद समाधान गर्ने दायित्व अघि बढाउने बताए। उनले भने, अदालती प्रक्रियाबाहेक हामी कानुनी प्रक्रिया अगाडि बढाउनेछौं।’ थपलियाले यसमा सहयोग गर्न पनि नेताहरुलाई आग्रह गरे।

Related News

सम्बन्धित समाचार

hero news full width