Worldlink ads

याे वर्ष टुर दी पोखरा नहुने

आदर्श समाज संवाददाता
पौष १०, २०७७
cycle-2

पोखरा । साइकल सिटी पोखराले बर्सेनि गर्दै आएको टुर दी पोखरा यो वर्ष नहुने भएको छ । कोरोनाका कारण भीडभाड गर्न नपाइने भएपछि यो वर्षका लागि कार्यक्रम स्थगित गरिएको साइकल सिटी पोखराका अध्यक्ष महेन्द्रराज कोइरालाले जानकारी दिए ।

उक्त संस्थाको आयोजनामा ५ वर्षसम्म विभिन्न थिममा टुर दी पोखरा हुँदै आएको थियो । छैटौं संस्करणको कार्यक्रम अझै भव्य बनाउने सोच रहे पनि यो वर्ष कोरोनाकै कारण गर्न असम्भव भएको कोइरालाले बताए ।

पोहोर सालको कार्यक्रम ‘थोपा थोपा इन्धन बचाऔं’ नारासहित एक हजारभन्दा बढी साइकल यात्रीको सहभागितामा भएको थियो । साइकल संस्कृतिको विकाससँगै वातावरणीय सन्तुलनका लागि समेत यो कार्यक्रम हुँदै आएको थियो । साइकललाई स्वास्थ्यसँग पनि जोडिएको छ ।

साइकल सिटीका पूर्व अध्यक्ष प्रकाश बज्राचार्यले पछिल्लो समय वातावरण र स्वास्थ्य बिग्रदै गएकाले त्यसलाई सपार्न पनि साइकल उत्तम हुने भएकाले कार्यक्रम गर्दै आएको बताए । अवस्था सहज भए अर्को वर्ष निरन्तरता दिने प्रतिबद्धता उनले जनाएका छन् ।

टुर दी पोखरा २०१९ का संयोजक राजन गोंगजुले टुर दी पोखरालाई पोखराको ब्रान्ड बनाउन र सहरलाई साइकल सिटीका रुपमा अघि लैजान आफूहरुले प्रयास गरेको बताए । पोखरा वाहेक नेपालका विभिन्न जिल्ला र विदेशबाट समेत टुर दी पोखरामा सहभागिता हुने गरेको थियो ।

Related News

सम्बन्धित समाचार

    • पोखराको बजेट खर्च ६६ प्रतिशत

      रासस असाेज १, २०७८
      गण्डकी । पोखरा महानगरपालिकाले गत आर्थिक वर्षमा ६६ प्रतिशत बजेट खर्च गरेको छ । कोरोना महामारीका कारण विकासका काम ठप्प…
    • बतास फाउन्डेसनलाई सहयोग

      आदर्श समाज सम्वाददाता असाेज १, २०७८
      पोखरा । तमु परिवार न्युयोर्क इन्कले बतास फाउन्डेसनलाई ५ लाख २० हजार सहयोग गरेको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बृहत्…
    • पैरावन गाउँ लायन्स नमुना उद्यमी गाउँ

      आदर्श समाज सम्वाददाता असाेज १, २०७८
      पोखरा, ३१ भदौ । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ नेपालको यस वर्षको लायन्स नमुना उद्यमी गाउँ बनाउने अभियानअन्तर्गत बुधबार…
    • वक्तृत्वकला प्रतियोगितामा समिति प्रथम

      आदर्श समाज सम्वाददाता असाेज १, २०७८
      हेमजा । माछापुच्छ्रे गाउँपालिकाले बाल दिवस अवसरमा अन्तरमाविस्तरीय वक्तृत्वकला प्रतियोगिता गरेको छ । प्रतियोगितामा निष्पक्ष माविकी समिति बरालले प्रथम स्थान…
    • लेउवा संघ महाधिवेशन आजदेखि

      रामशरण नेपाली असाेज १, २०७८
      लेखनाथ । लेखनाथ क्षेत्रका व्यवसायीहरुको छाता संगठन लेखनाथ उद्योग वाणिज्य संघको २५ औं वार्षिक साधारणसभा तथा १३ औं महाधिवेशन शुक्रबारदेखि…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads