लेखनाथ । गण्डकी प्रदेशअन्तर्गतको प्रदेश संक्रामक रोग तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा. विकास गौचन नियुक्त भएका छन् । खुला प्रतिस्पर्धाबाट नियुक्त भएका उनी यसअघि हेल्थ नेपालले सञ्चालन गर्दै आएको अछामको बयलपाटा सामुदायिक अस्पतालमा निर्देशकका रुपमा कार्यरत थिए ।
लेखनाथमा लायन्सले सञ्चालन गरेको सामुदायिक अस्पताल प्रदेश सरकार मातहत आएपछि कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरिएको थियो । सरकारले चालु आर्थिक वर्षमा ७ वटै प्रदेशमा ५० शड्ढयाको सरुवा रोग अस्पताल स्थापना गर्ने घोषणा गरेको थियो । सोहि घोषणाअन्तर्गत गण्डकी प्रदेश सरकारले कार्यकारी निर्देशकको लागि खुल्ला प्रतिस्पर्धाबाट उम्मेदवार आह्वान गरेको हो ।
डा. गौचनले बिहीबार नै पदभार ग्रहण गरेका छन् । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. त्रिभुवन पौडेलले अस्पतालको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएका थिए । डा. गौचनले आफ्नो सीप, क्षमता र दक्षताले भ्याएसम्म काम गर्ने प्रतिबद्धता जनाए ।
मुस्ताङमा जन्मेका डा. गौचनले आफ्नै क्षेत्रमा सेवा गर्ने अवसर प्राप्त भएको कुरा सुनाउँदै आगामी दिनमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने बताए । अस्पतालबाट प्रदान हुने सेवालाई प्रभावकारी बनाउँदै अन्तर्राष्ट्रिय स्तरको सेवा दिनसक्ने गरी काम गर्ने उनले बताएका छन् ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ३० का वडाअध्यक्ष श्रीराम पोखरेलले अस्पतालको सेवा सुधारका लागि सहयोग गर्न सदा तत्पर रहेको बताए । अस्पताल सञ्चालक समिति सस्थापक अध्यक्ष डा. कालु शर्माले अस्पतालको विकासका लागि आर्थिकदेखि प्राविधिक सहयोग गर्न आफू तयार रहेको बताए ।
कार्यक्रममा लेखनाथ सामुदायिक लायन्स अस्पताल सञ्चालक समिति अध्यक्ष रमानाथ पौडेल, निवर्तमान अध्यक्ष मेजर रामप्रसाद गुरुङ र अस्पतालका कार्यालय प्रमुख केदार लामिछानेले अस्पताका गतिविधि र भौतिक अवस्थाका बारेमा जानकारी गराएका थिए ।
Related News
सम्बन्धित समाचार
आँखा उपचारमा अब्बल पाेखराकाे हिमालय आँखा अस्पताल
ट्रक ठोकिँदा दुईजनाको मृत्यु
प्रदेश सरकार भूमिहीन, संघको जग्गामा पहिलाे भवन शिलान्यास
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
hero news full width
मुख्य समाचार
बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्ध दिने तयारी
फेवातालको विवरण पहिलोपल्ट राजपत्रमा, माटो निकाल्ने कार्य सुरु
फागुन १८, २०७७कारागारमा कुटपिटपछि २५ कैदी रातारात सारियाे
फागुन १७, २०७७प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट !
फागुन १७, २०७७बेवारिसेका अभिभावक विद्यालय
फागुन १७, २०७७प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
फागुन १७, २०७७