पोखरा । नेपाल कम्युनिस्ट पार्टी (ओली समूह)का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भद्रगोल र अस्तव्यस्तता सीर्जना गरेको आरोप लगाएका छन् । आफ्नो स्वार्थका लागि हरेक ठाउँमा प्रचण्डले भद्रगोल सिर्जना गरेको उनको आरोप छ । ‘त्यो प्रचण्डको रोग नै हो । त्यो त हामी भोगेर र व्यहोरेर आएको हो,’ उनले भने ।
३० वर्षसम्म महाधिवेशन नगरी आफैले आफैलाई टीका लगाएर अध्यक्ष हुने चलन संसारमा कहिँ छैन
पुनर्गठित पार्टीमा थपिएका गण्डकीका केन्द्रीय सदस्यका लागि बुधबार काठमाडौंमा भएको प्रशिक्षणमा रायमाझीले प्रणाली र आन्दोलन जोगाउनको लागि संसद विघटन गरेर नयाँ जनादेशमा जाने बाहेक कुनै विकल्प नभएकोले ओलिले विघटनको बाटो रोजेको दाबी गरे । ‘नयाँ जनादेशमा जाने कुरामा त प्रचण्ड– माधव समूह खुसी हुनुपर्छ । किन अत्तालिएको ?,’ उनले प्रश्न गरे, ‘जनतामा किन विश्वास नगरेको ? जनताको मत जितेर प्रधानमन्त्री बन्ने आँट गर्नुहोस् कमरेड प्रचण्ड ।’
उनले नेकपा पार्टी र सूर्य चुनाव चिह्न केपी शर्मा ओली नेतृत्वको पार्टीमा कायम हुने भएकोले ढुक्क भएर पार्टीमा लाग्न केन्द्रीय सदस्यहरुलाई आग्रह गरे । प्रचण्ड समूहबाट ओली समूह छिरेका उनले माधव–प्रचण्डलाई विधि र पद्धति अनुसार चल्न चेतावनी दिए । ‘विधि र पद्धतिको कुरा गर्ने माधव नेपाल, जोसँग महाधिवेशनमा अध्यक्षमा हारेको हो उसैलाई हटाएर अध्यक्ष हुन किन अप्ठ्यरो नमानेको ?,’ प्रचण्डलाई ईंगित गर्दै उनी भन्छन्, ‘३० वर्षसम्म महाधिवेशन नगरि आफैले आफैलाई टीका लगाएर अध्यक्ष हुने संसारमा कहिँ छैन ।’
नेकपा गण्डकीका इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उच्च विश्वासका साथ ओलीको साथमा लाग्न आग्रह गरे । ‘सुखी नेपाली, समृद्ध नेपालको स्पष्ट नीति, खाका र दृष्टिकोणका साथ अगाडि बढेको राजनेता केपी शर्मा ओली हो,’ उनले भने, ‘उहाँप्रति उच्च विश्वासकासाथ लागौं । ढुक्क हुनुहोस्, उहाँकै नेतृत्वमा देश र जनताको सपना पूरा हुन्छ ।’ उनले आफ्नो समूहको जीतलाई कसैले रोक्न नसक्ने दाबी गरे ।
स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले षड्यन्त्रकारीहरु असफल भएको बताए । ‘आफ्नै पार्टीको नेतृत्वको सरकार विरुद्धमा अविश्वासको प्रस्ताव लग्ने र देशमा राजनीतिक अस्थिरता निम्त्याउन खोज्नेहरुको षडयन्त्र असफल भएको छ,’ उनी भन्छन्, ‘यो सत्यता जनताको बीचमा लगौं ।’
गण्डकीका सहइन्चार्ज खगराज अधिकारीले आगामी निर्वाचनमा आफूहरुले २ तिहाई बहुमत पाउने दाबी गरे । ‘जनताले प्रचण्ड–माधव समूहलाई आफ्नो मतद्वारा सजाय दिनेछन्,’ उनले भने, ‘अबको निर्वाचनमा हामीले २ तिहाई बहुमत ल्याउछौं ।’
केन्द्रीय सदस्य एवं युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा भूमिसुधार मन्त्री पद्मा अर्यालले स्वागत गरिन् भने प्रदेशका नेकपा सचिव गोविन्दबहादुर नेपालीले सञ्चालन गरे ।
नेपालीका अनुसार केन्द्रीय सदस्यहरुलाई पार्टीको पुनर्गठनका लागि प्रशिक्षण दिइएको छ । पार्टीको आधिकारिकता टुंगिने वित्तिकै तल्ला तहमा कमिटीको पुनर्गठन गर्ने उनको भनाई छ ।
Related News
सम्बन्धित समाचार
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने
गाउँमै रोजगारी : परिवारमा खुशीयाली
विकास खर्च तीन वर्षयताकै कम
hero news full width
मुख्य समाचार
हिउँ नपर्दा चिन्तामा किसान
फेवातालकाे सीमांकन : ४० वर्ष अघिकै आकारमा फर्काउने प्रयास
माघ ११, २०७७सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
माघ ११, २०७७पाेखराका हाेटेलमा जाेखिमपूर्ण काम गर्ने ६ बालबालिकाको उद्धार
माघ १०, २०७७प्रतिनिधिसभा विघटन संविधानसम्मत कि गैरसंवैधानिक ?
माघ १०, २०७७स्वास्थ्य शिक्षाको शुल्क घटाउन निर्देशन
माघ १०, २०७७