जनता समाजवादी पार्टीमा प्रवेश

आदर्श समाज संवाददाता
पौष ८, २०७७
ja sa pa prabesh

पोखरा । वैकल्पिक राजनीतिक शक्ति जनता समाजवादी पार्टीमा बुधबार पोखरेली युवाहरु प्रवेश गरेका छन् । विभिन्न क्षेत्रमा क्रियाशील युवाहरु मुलुकको निम्ति आवाश्यक पार्टी जनता पार्टी हो भन्दै जसपामा प्रवेश गरेका हुन् ।

पोखरा १० अमरसिंहस्थित जसपाको कार्यालयमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा खेल, व्यवसायिक, शैक्षिक लगायतका युवाहरु हेमन्त गुरुङ, प्रशान्त गुरुङ, विनोद गिरी, आदित्य गिरी, निरज थापा, देवबहादुर कार्की, विप्लवकुमार श्रेष्ठ, सोनाल तामाङ लगायतका युवाहरु जसपामा प्रवेश गरेका हुन् ।

कार्यक्रममा नवप्रवेशी युवाहरुलाई जसपाका केन्द्रिय सदस्य तथा समाजवादी पार्टी प्रदेश इञ्चार्ज गणेशमान गुरुङ, केन्द्रीय सदस्य तथा युवा इञ्चार्ज देवीप्रसाद सुवेदी, टिकाराम पौडेल लगायतले खादा र अबिर लगाएर पार्टी प्रवेश गराएका थिए । नवप्रवेशीहरुलाई केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष मोति रिजालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

जनता समाजवादी पार्टी कास्कीका अध्यक्ष गिरीप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य तथा प्रदेश उपाध्यक्ष दिपक तामाङ, नेताहरु टिकाराम पौडेल, कर्ण गुरुङ लगायतले पार्टीका विचार, नीति, सैद्धान्तिक र आन्दोलनका बारेमा प्रष्ट पारेका थिए । कार्यक्रम जिल्ला सचिव नारायण भण्डारीले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width