नवलपरासी । कालीगण्डकी कोरीडोर अन्तरगत पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका ३ भोक्रोफाँटमा कालिगण्डकी करिडोरको ट्रक भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ । नवलपुरको गैंडाकोट ३ भोक्रोफाँटस्थित २६ किलोमिटरको पहरामा ट्रक दुर्घटना भएको छ ।
ना३ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक खसेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए । दुर्घटनामा परी ३ जनाको निधन भएको र अन्य विवरण आउन बाँकी रहेको उनले बताए । घटनास्थलमा उद्दार कार्य जारी रहेकोले मृतकको सनाखत हुन सकेको छैन ।
बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कदै गर्दा ट्रक दुर्घटनामा परेको जनाइएको छ । घटनास्थलमै ३ जना पुरुषको शव फेला परेको स्थानीयले जानकारी दिएका हुन् ।
ट्रक पहराबाट करिब १ सय मिटर तल खसेको छ भने सडकदेखि करिब १ सय मिटर दुरीमा शव फेला परेको गैडाकोट ३ का वडाध्यक्ष शिवकान्त तिवारीले बताए ।
घटनास्थल गैंडाकोट पूर्व पश्चिम राजमार्गदेखि करिब ३५ किमिको दुरीमा पर्छ । विस्तृत विवरण अझै आउन बाँकी रहेको छ । अहिले स्थानीय र प्रहरीले उद्दार कार्य जारी राखेको नवलपुर प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
मापसे चेकिङ गर्न ट्राफिकलाई कोरोनाको त्रास
बिरामी बाेकेकाे जिप दुर्घटना हुँदा १ को मृत्यु, ४ घाइते
कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : नेकपा फुटेको छैन, हतारमा निर्णय नगरौँ
पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
नेपाली खानालाई विश्वभर पस्किँदैछुः सन्तोष साह
hero news full width
मुख्य समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फागुन १३, २०७७फेवातालको क्षेत्रफल ११२५५ रोपनी
फागुन १३, २०७७संसद पुनर्स्थापनापछि विजय र्याली
फागुन १२, २०७७गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
फागुन १२, २०७७काेराेनाले नेपालमा २ हजार ६ सय ८४ काे ज्यान लियाे
फागुन १२, २०७७