तनहुँ । तुलसी शाहले मैनबत्ती र धूप बनाउन थालेको ८ वर्ष भयो । उनले जिल्लाको दुलेगौंडामा संसार मैनबत्ती धूप उद्योग सञ्चालन गरेकी छन् ।
होटल सञ्चालन गरेकी शाहले त्यताको व्यवसायलाई माया मारेर १० हजार रुपैयाँमा खोलेको उद्योगमा अहिले ५ जनाले रोजगारी समेत पाएका छन् । थोरै लगानी खुलेको उद्योग सञ्चालनमा झण्डै दशकको समयमसम्म निकै संघर्ष गर्नु परेको छ ।
धूप उद्योग खोल्न उनले पहिलाको व्यवसाय खारेज गर्ने सोच राखिन् । भाडामा लिएर चलाएको होटल उनले दर्ता खारेज गर्न उनले घरेलु कार्यालय धेरै धाइन् । उद्योग सञ्चालनमा ल्याएपछि उनलाई कच्चा पदार्थको जोहोले पिरोल्नुसम्म पिरोल्थ्यो । उनले भनिन्, ‘निकै संघर्ष गरेर उद्योग सञ्चालनमा ल्याएँ । तर, कच्चा पदार्थ पाउन मुस्किल भयो । ’ जसोतसो कच्चा पदार्थको जोहो गरे उत्पादन भएका बस्तुले बजार नपाएको पनि अनुभव संगालेकी छन् शाहले ।
घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँले आयोजना गरेको महिला उद्यमीहरुको वर्तमान अवस्था, समस्या र चुनौती विषयक अन्तरक्रियामा उनले आफ्ना संघर्ष, सकस र सफलताका कथा मंगलबार सुनाइन् ।
भीमाद बजारकी धनमाया रानाको पनि उद्यमको यात्रामा चुनौतीको चाङ थियो । तर, आजकाल उनी एक सफल महिला उद्यमीको रुपम दरिएकी छन् । उनले भीमादमा दालमोठ र अचार उद्योग सञ्चालन गर्दै आएकी छन् । सुरुआतमा उनले उद्योग सञ्चालन गर्न ऋण माग्दै धेरैतिर भौतारिनु परेको सम्झँदा मन अमिलो बन्छ ।
सरकारले महिला उद्यमीलाई बिना धितो १५ लाख रुपैयाँसम्म ऋण दिने प्रावधान ल्याए पनि ऋण पाउन निकै पापड बेल्नुपर्नेमा उनको दुखेसो छ । उनले भनिन्, ‘सरकारले बिना धितो महिला उद्यमका लागी ऋण दिने भनेपनि धितो नराखी ऋण नै पाइँदैन । त्यतातिर राज्यपक्षको ध्यान जान आवश्यक देखिन्छ ।’ उनले अगाडि थपिन्,‘ऋण लिनलाई वित्तीय संस्थाले जग्गा धितो राख्नु भन्छ । जग्गा नै नभए कसरी धितो राख्नु ?’
कार्यक्रममा सहभागी महिला उद्यमीले ऋण पाउने मुस्किल हुने गरेको सुनाए । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी महिला विकास अधिकृत रमा अधिकारी पौडेलले आवश्यक कागजात र प्रक्रिया पूरा भएपछि महिला उद्यमीले सहजै बिना धितो ऋण पाउने गरेको दाबी गरिन् । उनले भनिन्, ‘सरकारले व्यवस्था गरेको महिला उद्यमीलाई बिना धितो ऋण आवश्यक प्रक्रिया पूरा भएपछि सजिलै पाइन्छ ।’ उनले महिलालाई हरेक क्षेत्रमा चुनौती बताउदै त्यसमा अवसरमा पनि खोज्न आग्रह गरिन् ।
घरेलु तथा साना उद्योग कार्यालय तनहुँका प्रमुख नारायणप्रसाद ढकालले व्यवसाय सञ्चालन गर्नु पहिला दर्ता अनिवार्य गर्नुपर्ने बताए । व्यवसाय दर्ता भएमा सबै खाले अवसर पाउने बताए । आयोजक संस्थाकी अध्यक्ष कल्पना गौलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष वसुन्धरा घर्तीले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
सक्षम सहकारीको पदस्थापन
सुन्तलाबाट जुस, बोक्राबाट मेकअप सामग्री
गुरुङ ब्युटिपार्लरपछि चिनुले खाेलिन् सिजी ब्रोज एन्ड नेल्स ट्रेनिङ इन्स्टिच्युट
गाउँमै रोजगारी : परिवारमा खुशीयाली
आँखा, हात, खुट्टा, नङको सौन्दर्य निखार्न सिजी ब्रोज एन्ड नेल्स
hero news full width
मुख्य समाचार
घरपरिवारबाटै अपहेलित छन् बहिरा
स्वस्थानी व्रत आजदेखि
माघ १५, २०७७विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो
माघ १४, २०७७नेपाल बार एसाेसिएसनको १५ औं सम्मेलन पोखरामा
माघ १४, २०७७तलबभत्तासहित वर्षदिनमा साढे १२ लाख रुपैयाँ सामाजिक सेवामा खर्चे सांसद विन्दु थापाले
माघ १४, २०७७पाेखराका ४ अस्पतालसहित गण्डकीका ११ वटै जिल्लामा सुरु भयाे काेराेनाविरुद्ध खाेप अभियान
माघ १४, २०७७