पोखरा । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुृदेवी गुरुङले महानगरको विकासमा सरकार र नागरिकबीच सहकार्य आवश्यक रहेको बताएकी छन् ।
पोखरा – १४ मोहन मार्गस्थित भूपू सैनिक सक्रिय टोलमा निर्मित फुट ट्रयाक उद्घाटनपछि मंगलबार उनले भूपू सैनिकहरु आफ्नो इमान्दारिता र बहादुरी प्रर्दशन गरेर विश्वमा चिनाएको भन्दै टोललाई नमुना बनाउन समेत भूमिका खेलेको बताइन् ।
वडा सदस्य जीतेन्द्रजंग थापाले भूपू सक्रिय टोल पोखरा १४ को नमुना टोल बनेको बताए । भूपू सक्रिय टोलका कोषाध्यक्ष क्याप्टेन गोलमान गुरुङले आफ्नो पेन्सनको रकमबाट फुट ट्रयाक, फुटट्रयाकमा रेलिङ, स्टेन्डसहित फूलको गमला र टोललाई सुरक्षित बनाउन ६ वटा सिसि क्यामेरा जडान गरेको जानकारी गराए । उनले यसका लागि १२ लाख ८० हजार रुपैयाँ खर्च भएको बताए ।
टोलका उपाध्यक्ष दलबहादुर गुरुङले आफ्नो टोल आफै बनाँऔ भन्ने उद्देश्यले काम गरेको बताए । उनका अनुसार डम्बरकुमारी गुरुङले आफ्नो व्यक्तिगत २ लाख ५० हजार खर्च गरेर चौतारी निर्माण गरेकी छन् । भूपू सैनिक सक्रिय टोलका अध्यक्ष बलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सचिव टुकबहादुर गुरुङले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
प्याराग्लाइडिङबाट फेवामा खसेका युवाको उद्धार
पट्नेरीमा घर भत्काउँदा च्यापिएर गोपी आचार्यको मृत्यु
२८ वर्षे विश्वनिरञ्जन पोखरीमा मृत फेला
सडक छेउमा मृत भेटिए पोखरा– १३ का दधिराम
मनाङकाे नासाे गाउँपालिकामा आगलागी, मानव बस्ती जोगाउनै हम्मेहम्मे
hero news full width
मुख्य समाचार
विेदेश पठाइदिन्छु भन्दै ३३ जनाबाट १ करोड उठाउने धीरज पक्राउ
सातै प्रदेशमा तालिम केन्द्र सञ्चालन गर्दै श्रम मन्त्रालय
माघ १५, २०७७कक्षा १० को एसइई राष्ट्रिय कि प्रदेशस्तरबाट ?
माघ १५, २०७७घरपरिवारबाटै अपहेलित छन् बहिरा
माघ १५, २०७७स्वस्थानी व्रत आजदेखि
माघ १५, २०७७विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो
माघ १४, २०७७