कास्की ३१ रनले विजयी

आदर्श समाज संवाददाता
पौष ८, २०७७
cricket 5

पोखरा । दीपेश खत्रीले घातक बलिङ गरेपछि कास्कीले तनहुँलाई ३१ रनले पराजित गरेको छ ।

गण्डकी प्रदेश क्रिकेट संघद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा कास्कीले तनहुँमाथि जीत निकाल्दै लिग तालिकामा थप २ अंक जोडन सफल भयो ।

पोखरा रंगशालामा जारी खेलमा जितका लागि १ सय ५५ रनको सामान्य लक्ष्य पछ्याएको तनहुँका ब्याट्म्यानहरु खत्रीको धारिलो बलिङ अगाडि टिक्न नसकेपछि उनीहरुको पारी १ सय २३ रनमै समेटियो । खत्रीले आफ्नो कोटाको

पूरै १० ओभरमा ५ मेडनसहित मात्रै ९ रन खर्चिएर ४ विकेट लिएका थिए । तनहुँको तर्फबाट समीर कँडेलले ४१ रन बनाए । कास्कीको बलिङमा सुवास भण्डारीले ३ विकेट लिए ।

यसअघि टस जितेर मैदान उत्रिएको कास्कीले ४७.५ ओभर खेल्दै सम्पूर्ण विकेटको क्षतिमा १ सय ५४ रन बनाएका थियो । जसमा अर्जुन कुमालले ४३, अभिषेक थापाले ३५ तथा अमृत गुरुङले २० रन बनाएका थिए । तनुहँको बलिङमा दीनेशजंग बुढामगरले ३, राजु गुरुङले २ तथा प्रवेश खड्का, करुण सिरमला र सचिन

अधिकारीले समान एक/एक विकेट लिएका थिए । खेलमा कास्कीका दिपेश खत्री म्यान अफ द म्याच घोषित भए । उनलाई नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले ट्रफि प्रदान गरेका थिए ।

लिग अन्तर्गत बुधबार कास्की र नवलपुरबीच अन्तिम खेल हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width