अब नेकपालाई सहयोग हुँदैन : जनमोर्चा सांसद कृष्ण थापा

आदर्श समाज संवाददाता
पौष ७, २०७७
Krishna Thapa

संसद विघटनको निर्णयले जनताको आकांक्षामाथि कुठाराघात गरेको छ । जे हुनु नेकपालाई भएको छ । जनमोर्चालाई केही भएको छैन ।

जुन किसिमको काम भयो । यसले साह्रै नराम्रो भयो । नेपाली जनताको स्थायित्वको आकांक्षामाथि कुठाराघात गरेको छ ।

पार्टीभित्रको आन्तरिक स्वार्थका कारणले देश अधोगतिमा लैजानु गलत हो । मध्यावधि चुनावले अनावश्यक खर्च मात्रै बढाउँछ ।  आगामी दिनमा जनमोर्चाले नेकपालाई सहयोग गर्दैन भनाइ छ । एउटा हिउँदमा लगाएको कपडाले अर्को हिउँद त्यसैमा कहाँ फालिन्छ ? हाम्रो आफ्नै पहिचान छ । त्यही हिसावले अघि बढिन्छ ।

अब नेकपालाई सहयोग हुँदैन । परिस्थिति अनुसार निर्णय गरेर अघि बढ्छौं ।

आदर्श समाजसँगकाे कुराकानीमा आधारित

Related News

सम्बन्धित समाचार

hero news full width