कांग्रेसले अवसर लिनुपर्छ : प्रमुख प्रतिपक्षी दल नेता पाेखरेल

आदर्श समाज संवाददाता
पौष ७, २०७७
krishna

संसद विघटनको कदम अलोकतान्त्रिक छ । यद्यपि मध्यावधि निर्वाचनलाई फेस गर्न हामीहरु तयार छाैं । निर्वाचनलाई फेस गर्ने हाम्रो दायित्व नै हो । यसमा विवाद छैन ।

तर विघटनकै मुद्दा सर्वोच्चमा जाला । सर्वोच्चले रोक्नेछ भन्ने विश्वास छ । नत्र नियमित चुनावको २ वर्षअघि नै जनतासामु गएर म्यान्डेट लिने अवसर पायौं । यो खुसीको कुरा हो । नेकपाको आन्तरिक खिचातानीमा देशलाई दुर्घटनामा फसाइँएको छ । अहिले चुनावी मिति घोषणा भए पनि चुनाव हुनेमा भने शंका छ ।  जस्तोसुकै तानाशाहीले पनि चुनाव गराउँछु भनेर नै विघटन गर्छ । तर भुमरीमा पार्ने सम्भावना छ ।

जे भैरहेको छ, यो कदमको फेस हामी गर्छौं । कि त अदृष्य शक्तिबाट केही हुनुपर्‍यो । कि कोर्टले फर्कादिनुपर्‍यो । अन्यथा नेकपाको कामलाई उदांगो पार्दै जनतासँग जानुको अरु विकल्प छैन ।

संसदीय व्यवस्थामा ताजा जनादेशमा जाने चुनौती ओलीले उठाएको भन्दै नेपालीले त्यसको उपयोग कांग्रेसले लिन तयार रहनुपर्छ ।

आदर्श समाजसँगकाे कुराकानीमा आधारित

Related News

सम्बन्धित समाचार

hero news full width