‘मनको डिल’ छायांकन सकियो

adarsha samaj आदर्श समाज सम्वाददाता
पौष ६, २०७७

लेखनाथ । साहित्य र कला क्षेत्रमा क्रियाशील पोखरा शिशुवाका ऋषि जमरकट्टेलको म्यूजिक भिडियो आउँदैछ । उनको रचनामा निर्माण हुन लागेको ‘मनको डिल’ म्यूजिक भिडियो छायांकन सकिएको छ ।

भिडियोको पोखराका विभिन्न रमणीयस्थलमा छायांकन गरिएको जमरकट्टेलले बताए ।

श्रीमान्श्रीमतीको मायाप्रेममा आधारित भिडियोको निर्देशन महेश गोदारले गरेका हुन् । गीतमा प्रमोद खरेलको स्वर र अर्जुन पोखरेलको संगीत हो । भिडियो करिब ८ मिनेटको हुनेछ ।

प्रमुख समाचार