प्रदेशसभा बोलाउनेबारे प्रदेश प्रमुख शेरचनद्वारा मन्त्रीहरूसँग परामर्श

आदर्श समाज संवाददाता
पौष ६, २०७७
Pradesh Pramukh

पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउने बारे प्रदेश सरकारका मन्त्रीहरूसँग परामर्श गरेका छन् ।

प्रदेश प्रमुख शेरचनले आइतबार आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान र प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई प्रदेश प्रमुख निवासमा बोलाएर परामर्श गरेका हुन् । उक्त अवसरमा प्रदेश सरकारका प्रमुख सचिव विष्णुप्रसाद नेपाल समेत सहभागी थिए ।

प्रदेशसभाका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का सांसद्हरूले प्रदेशसभाको विशेष अधिवेशन बोलाउन माग गर्दै यसअघि, प्रदेश प्रमुखसमक्ष निवेदन दिएका थिए । विपक्षी १७ जना सांसद्ले विशेष अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख शेरचनले मन्त्रीहरूसँग परामर्श गरेका हुन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पोखराबाहिर रहेकाले प्रदेश प्रमुख शेरचनले मन्त्रीहरूसँग परामर्श लिएका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width