संसद विघटनको मुखैमा संवैधानिक नियुक्ति, अख्तियारमा राई, मानवअधिकारमा रायमाझी

adarsha samaj आदर्श समाज संवाददाता
पौष ५, २०७७
Prem-kumar-rai7

काठमाडौं । प्रधानमन्त्री केपी शर्माले संवैधानिक परिषदमा अख्तियार प्रमुखमा प्रेम राईसहित संवैधानिक निकायका ४५ वटै पदमा सिफारिस गरेको पाइएको छ ।

प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को पछिल्लो बैठकले अख्तियार प्रमुखमा प्रेम राईसहित ४५ वटै पदमा सिफारिस गरेको हो ।

मानवअधिकार आयोगको अध्यक्षमा मीनबहादुर रायमाझीको नाम सिफारिस गरिएको छ भने अख्तियार सदस्यमा जयबहादुर चन्दको नाम सिफारिस गरिएको छ । चन्दको नाम देउवाले सिफारिस गरेका हुन् ।
संसद विघटन भइसकेको अवस्थामा संसदीय सुनुवाइ समितिमा संवैधानिक निकायहरुमा नियुक्त भएकाहरुको सुनुवाइ हुनसक्ने सम्भावना नभएकाले ४५ दिनपछि यिनीहरु सबैको नाम स्वतः अनुमोदन हुनेछ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ३ जनाको संवैधानिक परिषद्ले संवैधानिक निकायका सबै खाली पदहरुमा सिफारिस गरेको हो ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads