Worldlink ads

ओली कदमको सशक्त प्रतिकार गर्ने दाहाल–नेपाल समूहको निर्णय

adarsha samaj आदर्श समाज संवाददाता
पौष ५, २०७७
dahal nepal

काठमाडौं । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले संसद विघटन गर्ने प्रस्तावको सशक्त प्रतिकार गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव ल्याएपछि चाल्नुपर्ने थप रणनीतिबारे छलफल गर्न दाहाल निवास खुमलटारमा बसेको दाहाल–नेपाल लगायतका नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो।

वरिष्ठ नेता झलनाथ खनालले संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको प्रतिकार गर्ने निर्णय भएको जानकारी दिए। बैठकमा नेताहरुले संसद विघटनको प्रस्ताव र त्यसपछि उत्पन्न हुन सक्ने परिस्थितिबारे आआफ्ना धारणा राखेका थिए।

नेता खनालले आज बोलाइएको स्थायी कमिटी बैठक बस्ने र आवश्यक निर्णय लिइने बताए।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads