कार्डबिनै एटिएमबाट रकम झिक्न मिल्ने, लक्ष्मी बैंकले ल्यायाे यस्तो सुविधा

आदर्श समाज संवाददाता
पौष ५, २०७७
2020-12-20_Laxmi–

पाेखरा। डिजिटल बैंकिङ प्रविधि विस्तार गर्ने अभियानको क्रममा एटीएम कार्डको विकल्पका रुपमा नयाँ प्रविधि भित्र्याएको छ । अब बैंकका ग्राहकले बैंकका एटीएमबाट पैसा झिक्न कार्ड नचाहिने भएको हो । लक्ष्मी बैंकले वालेटलाई पूर्ण डिजिटल बनाउने तयारी गरिरहेको दाबी गरेको छ ।

कार्डबिनै एटीएमबाट पैसा झिक्न मिल्ने व्यवस्था नेपालमा लक्ष्मी बैंकले पहिलो पटक गरेको हो । बैंकको ’मोबाईल मनि’ नामको एप प्रयोगकर्ताले एटीएमबाट कार्डबिनै पैसा झिक्न छक्छन् ।

कार्डबिनै कसरी झिक्ने ?

यो सुविधा प्रयोग गर्न खासै गाह्रो छैन । बैंकका अनुसार मोबाइल मनिमा लगइन गर्ने बितिकै ’कार्डलेस विथड्र’ भन्ने अप्सन देखिन्छ र त्यसमा क्लिक गरेर चाहेजतिको रकम इन्टर गर्नुपर्छ ।

त्यसपछि ’कन्फर्म’ गर्नका लागि पिन वा फिंगरप्रिन्ट स्क्यान गर्नुर्छ । यति गरिसकेपछि फोनमा ओटीपी कोड प्राप्त हुन्छ । एटीएम बुथमा ’कार्डरहित’ भन्ने अप्सनमा आफ्नो मोबाइल नम्बर प्रविष्ट गर्नुपर्छ । त्यसपछि ओटीपी कोड र मोबाईल मनिमा अनुरोध गरिएको रकम हालेपछि नगद प्राप्त गर्न सकिन्छ । यो सुविधाका सबैभन्दा महत्वपुर्ण फाईदा एटीएम कार्ड बोक्नु नपर्ने हो ।

साथै नेपालभर लक्ष्मी बैंकको एटीएमको माध्यमबाट पैसा पठाउन पनि सकिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width