पाेखर । सरकारले अकस्मात् संसद् विघटनकाे सिफारसिस गरेसँगै जुलुस, हुलदंगा हुन सक्ने भन्दै नेपाल प्रहरीले देशभरका आफ्ना युनिटलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ ।
पौने ११ बजे नै प्रहरी महानिरीक्षकले शैलेस थापा क्षेत्रीले मातहतका विभागीय प्रमुखलाई यस्तो निर्देशन दिएको प्रहरीले जनाएको छ ।
दुईतिहाइ बहुमतको मजबुत मानिएको सरकारले संसद् विघटन गरेपछि यसको विरोध हुने विश्लेषणसहित प्रहरीले आफूलाई अलर्ट राखेको हो । सञ्चार सेटबाटै सबैतिर यस्तो निर्देशन गएको हो ।