सर्वाेच्च बारमा अध्यक्षसहित डिएलएका उम्मेदवार वर्चश्व

आदर्श समाज संवाददाता
पौष ५, २०७७
upreme court bar

काठमाडौँ ।  सर्वोच्च अदालत बार एसोसिएसनको निर्वाचनमा अध्यक्षसहित बहुमत पदमा डेमोक्र्याटिक लयर्स एसोसिएसनको प्यानलले जित हात पारेको छ।

नेपाली कांग्रेस निकट एसोसिएसनका तर्फबाट अध्यक्षका उमेदवार वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले जित हासिल गरेका छन्।

लोकतान्त्रिकका तर्फबाट अध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष, महिला सदस्य सहित १० जना उमेदवार विजयी भएका हुन्। प्रगतिशील समूहका तर्फबाट उपाध्यक्ष र ४ जना सदस्य विजयी भएका छन्।

उपाध्यक्ष पदमा नेपाल लयर्स एसोसिएसनका मुकुन्दप्रसाद पौडेल विजयी भएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width