पोखरेली युवा सांस्कृतिक परिवारमा मोति भुजेलकाे नेतृत्व

आदर्श समाज संवाददाता
पौष ४, २०७७
pu yu sa p

पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्षमा मोति भुजेल चयन भएका छन् ।

शनिबार भएको संस्थाको ४० औं साधारण सभा तथा अधिवेशनले भुजेलको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति निर्वाचित गरेको हो ।

संस्थाको उपाध्यक्षमा उपेन्द्र पौडेल, सचिवमा डा. चैतन्य अधिकारी, कोषाध्यक्षमा अर्जुन अधिकारी, सह–सचिवमा शिव त्रिपाठी चयन भए । साहित्य संयोजकमा रीता अधिकारी, संगीत संयोजकमा एमडी काफ्ले र कला संयोजकमा हेमकान्ती गुरुङले जिम्मेवारी पाएका छन् । सदस्यमा तीर्थ गुरुङ, प्रकाश आचार्य, सुदर्शन पौडेल, दीपेन्द्र थापा र लिली अधिकारी चयन भएको निर्वाचन संयोजक आनन्द श्रेष्ठले बताए ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान सदस्य बुध्दि गुरुङले पोयुसापले खुला आकाश खुला अभिव्यक्ति (२०३७), ग्रामीण चित्रकला यात्रा २०४२ सालमा गोरखाको मनकामना मन्दिरबाट थालेको स्मरण गरे । ‘स्कुल अफ वाटर कलर’ पोखराको मौलिकता हो । यसलाई पोखराले ब्रान्डिङ गर्नुपर्छ ।’

कवि एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठले संस्थाले गण्डकी सहित्य महोत्सव सञ्चालन, अम्बर गुरुङ संगीत पुरस्कार स्थापना गर्न परिवारलाई सुझाव दिए ।

कार्यक्रममा प्राज्ञ रमेश श्रेष्ठ, रंगकर्मी प्रकाश घिमिरे, लेखक सरस्वती प्रतिक्षा, उपेन्द्र पौडेल, प्रकाश ज्ञवाली, जीवनसागर भण्डारी लगायतले बोलेका थिए । विसं २०३४ सालमा स्थापित साहित्य कला र संगीतका क्षेत्रमा अनवरत काम गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…
  • मिस नेपालको पोखरा अडिसन आज

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । मिस नेपालको पोखरा अडिसन मंगलबारदेखि सुरु हुने भएको छ । द हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको…
  • वेद विद्याश्रममा छन्दोबद्ध कविता प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा चिसाखोला वेद विद्याश्रमले रजत महोत्सव सन्दर्भमा प्रदेशव्यापी खुला छन्दोबद्ध कविता प्रतियोगिता भएको छ । प्रतियोगितामा संगम बस्याल…
  • मदरल्याण्डका शाश्वत निबन्धमा प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पोखरा । को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स सेन्टर) आयोजनामा भएको निबन्ध प्रतियोगितामा मदरल्याण्ड माविका छात्र शाश्वत रेग्मी प्रथम भएका छन् ।…
  • सरसफाइ विज्ञ भूमिको पुस्तक विमोचन   

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    दमौली ।  सरसफाइ विज्ञ नमस्तेलाल भूमिबारेमा लिखित ‘नमस्तेलाल देशभित्र, देशबाहिर’ पुस्तकको आज विमोचन गरिएको छ । तनहुँको बन्दीपुर गाउँपालिका निवासी…

hero news full width