सयपत्री सहकारीमा रवीन्द्र बास्ताेला

आदर्श समाज संवाददाता
पौष ४, २०७७
sayaptri news ph (1)

पोखरा । पत्रकार रवीन्द्रनाथ बास्तोला सयपत्री बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा निर्वाचित भएका छन् ।

संस्थाको ११ औं साधारणसभामा अध्यक्षका अर्का प्रत्यासी देवेन्द्रकिशोर बास्तोलालाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । विश्वराज बास्तोलाले अध्यक्ष पदबाट राजीनामा दिएपछि नेतृत्व रिक्त थियो ।

निर्वाचित रवीन्द्रनाथले कुल खसेको ४ सय ५७ मतमा ३ सय ८९ प्राप्त गरेका थिए । अध्यक्षका प्रत्यासी देवेन्द्रकिशोरले ५८ मत प्राप्त गरेकोमा १० मत वदर भएको निर्वाचन समिति संयोजक अधिवक्ता रोहितराज बास्तोलाले बताए । निर्वाचन समितिमा शिवकुमार अधिकारी र गुरुप्रसाद बास्तोला सदस्य थिए ।

निर्वाचितपछि बास्तोलाले प्रजातान्त्रिक पद्दति पालना गर्दै निर्वाचनमा भाग लिने शेयर सदस्यलाई धन्यवाद दिए । संस्थापक अध्यक्षसमेत रहेका बास्तालाले आर्थिक पारदर्शितासँगै सामाजिक उत्तरदायित्वलाई पहिलो प्राथमिकतामा राख्ने बताए ।

भर्चुअल माध्यमबाट भएको साधारणसभामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख प्रेमप्रसाद ढकालले सयपत्री सहकारी कास्की जिल्लामै नमुना सहकारी भएको बताए । उनले मन्त्रालयबाट निर्देशित नीति र नियम पूर्णरुपमा पालना गर्न सुझाएका थिए ।

साधारणसभामा सहकारी सल्लाहकार माधवप्रसाद बास्तोला, पूर्व अध्यक्ष विश्वराज बास्तोलालगायतले बोलेका थिए ।

कावा अध्यक्ष भीमप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कृष्णप्रसाद आचार्यले सञ्चालन र कोषाध्यक्ष धर्मप्रसाद बास्तोलाले स्वागत गरेका गरेका थिए ।

सहकारीका प्रबन्धक विकास सुवेदीका अनुसार संस्थाको शेयर पुँजी १२ करोड २८ लाख छ । निक्षेप १ अर्ब २७ करोड ४० लाख, कर्जा लगानी १ अर्ब २१ करोड ५७ लाख छ । सहकारीमा १ अर्ब ६० करोड ४० लाख रुपैयाँ वासलात रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width