पाेखरा । नेपाल जेसिजको ४७ औं राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२१ को नेतृत्वको लागि अध्यक्ष पदमा चितवनको बिस हजार जेसिजका अरुणेश्वर खनाल विजयी भएका छन्।
बुधबारदेखि रूपन्देहीको भलवारी जेसिजको आतिथ्यतामा सुरू भएको राष्ट्रिय महाधिवेशनबाट एक हजार ९० मतसहित खनाल विजयी भएका हुन्।
खनालले एक हजार ९० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी लालमणि भण्डारीले पाँच सय १२ मत मात्र पाए।
सात अध्यक्षमध्ये तीन उम्मेदवारले आफ्ना पक्षमा उम्मेदवारी फिर्ता लिएपछि खनाल उच्च मनोबलका साथ मैदानमा थिए।
यसअघिको अध्यक्ष दौडमा पराजित भए पनि यसपालिको भलबारी (रुपन्देही) महाधिवेशनमा खनालले आधाभन्दा बढी मतान्तरले जित हासिल गरे।
दोस्रोपटक अध्यक्षको दौडमा उत्रिएका खनालले यसअघि नेपाल जेसिजमा कार्यकारी उपाध्यक्ष, महासचिव लगायतका पदमा काम गरिसकेका छन्।
नेपाल जेसिजको कार्यकारिणी उपाध्यक्षमा १ हजार ३ मतसहित सुमन कृष्ण श्रेष्ठ क्रमशः अरूणकुमार दाहाल ९ सय ९९, भोजराज चापागाईं ९ सय ४८ , शिवप्रसाद भुसाल ६ सय ७८ मतसहित विजयी भए।
राष्ट्रिय उपाध्यक्ष पदका लागि मनोहरा जेसिज रजनी थापा १ हजार २ सय ३६, कल्पना पाण्डे, कुसुम १ हजार ३०, तरहरा जेसिजका सुनिल तिमल्सिना ८ सय १८, सैनामैना जेसिजका बिमल ज्ञवाली ७ सय ६७, दुहबी जेसिज, बिमला सुवेदी कार्की ७६४, शारदा नगर जेसिजकी प्रमिशा काफ्ले ७२०, म्याग्दी जेसिजका सुजन बरूवाल ७१८ रजहर जेसिजका राजन गौतम ७०१, लमजुङ जेसिजकी पायल शर्मा ६७३ , धरान जेसिजका दिपेन्द्र निरौला ६१२, नारायणगढ जेसिजका अनोज जोशी ६०२, जनकपुर जेसिजका गौतम शाह ५९० विजयी भएका हुन्।
विजयीपश्चात् नवनियुक्त अध्यक्ष अरुणेश्वर खनालले लाखौं युवाहरूको मन मस्तिष्कमा बस्न र समाज परिवर्तनको लागि नयाँ र विशिष्ट कार्य योजनाको साथ अगाडि बढ्ने बताए।
उनले हजारौं युवाहरूको मतलाई राष्ट्रियको विकास र जेसिजको नयाँ उचाइलाई थप सशक्त पार्दै इँट्टा थप्ने बताए।
महाधिवेशनमा देशभरिबाट करिब दुई हजार प्रतिनिधि रूपन्देहीमा भेला भएका हुन्।
बुधबारदेखि रूपन्देहीमा सुरू भएको राष्ट्रिय महाधिवेशनमा १७ पदका लागि ४८ जनाको उम्मेदवारी दिएका थिए।
Related News
सम्बन्धित समाचार
पत्रकार महासंघ गण्डकीको भवन उद्घाटन
फोनिजको डिजिटल जर्नालिजमबारे अन्तरक्रिया
कोरोनाले छेक्यो कोरियाको बाटो
मेलम्ची खानेपानीको सुरुङ परीक्षण आज
उडुस मार्दै रात काट्दै कैन्दीबन्दी
hero news full width
मुख्य समाचार
टाइगर कपबाट १९ लाख बचत
म्याग्दीमा पालिका र वडा थप्ने निर्णय
फागुन १५, २०७७पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
फागुन १५, २०७७जहाँ माछाको काजकिरिया गरिन्छ
फागुन १५, २०७७एचआइभी संक्रमितलाई छैन डायलासिस सेवा
फागुन १५, २०७७प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
फागुन १४, २०७७