क्रिकेटमा तनहुँले स्याङ्जालाई हरायो

आदर्श समाज संवाददाता
पौष ४, २०७७
cricket

पोखरा । गण्डकी प्रदेश क्रिकेट संघद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा तनहुँले स्याङ्जालाई ११ रनले पराजित गरेको छ ।

टस जितेको स्याङ्जाले क्षेत्ररक्षण रोजेपछि ब्याटिङमा उत्रिएको तनहुँले निर्धारित ५० ओभरको खेलमा ४३.२ ओभरमा आफ्नो सम्पूर्ण विकेट गुमाउँदै १ सय ४० रनको योगफल तयार पारेको थियो । तनहुँका लागि समिर कँडेलले २६ तथा करुण सिरमलाले १७ रन जोडे ।

स्याङ्जाको बलिङमा अशोक श्रेष्ठ र सुरज गुरुङले ३/३ विकेट लिए भने विष्णु पाण्डेले २ तथा मिलन लुइटेल र सुजन गौतमले १/१ विकेट लिए । जितका लागि १ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा स्याङ्जाले ४७.२ ओभरमा १ सय २९ रनको योगफलमा सम्पूर्ण विकेट गुमाउन पुग्यो ।

स्याङ्जाको तर्फबाट विष्णु पाण्डेले २३, अशोक श्रेष्ठले १९ तथा हिमेश ठकुरीले १६ रन जोडे । तनहुँको बलिङमा करुण सिरमला, राजु गुरुङ र चन्द्रकान्त पौडेलले २÷२ विकेट लिए । विनय भण्डारीले १ विकेट लिए ।

ब्याटिङतर्फ १७ रन तथा बलिङतर्फ २ विकेट लिएका तनहुँका करुण सिरमला म्यान अफ द म्याच भए । उनलाई तनहुँ क्रिकेट संघका अध्यक्ष ताराराम श्रेष्ठले म्यान अफ द म्याचको ट्रफी प्रदान गरेका थिए । प्रतियोगिगतामा आइतबार नवलपुर र तनहुँ भिड्नेछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width