दमौली । दमौली अस्पतालले बिरामीलाई गुणस्तरीय सेवा दिन पछिल्लो समय नयाँ–नयाँ उपकरण थप गरेको छ । लकडाउनअघि सम्म आफैमा ‘बिरामी अस्पताल’ को परिचय बनाएको जिल्ला अस्पतालले पछिल्लो समय सेवा थप्दै क्रमिक सुधार थालेको हो ।
अस्पतालमा हालै थाइराइड परिक्षण गर्ने मेसिन थपिएको छ । गण्डकी प्रदेश सरकारले मेसिन उपलब्ध गराएपछि अस्पतालले थाइराइड परीक्षण तयारी गरेको अस्पताल विकास समिति अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए ।
प्रदेश सरकारले उपलब्ध गराएको मेसिनलाई १० लाख रुपैयाँ परेको छ । ‘अस्पतालमा सेवा थप गर्ने योजनाबमोजिम थाइराइड परीक्षण गर्ने उपकरण आएको हो । केही दिनमा परीक्षण सुरु हुन्छ’, उनले भने । अब थाइराइडका बिरामीले चर्को शुल्क तिरेर निजी स्वास्थ्य संस्थामा परीक्षण गराउनुपर्ने बाध्यता अन्त्य हुने उनको भनाइ छ ।
अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा सुनिल पौडेल थाइराइड विशेषज्ञ हुन् । उपकरण सञ्चालनका लागि ल्याब प्राविधिकलाई तालिम दिइने उनले बताए । ‘उपकरण जडान गर्ने बेलामा तालिम दिएपछि लगत्तै सेवा दिन थाल्छौँ’, अधिकारीले भने ।
यस्तै, अस्पतालमा एक साताअघि मात्रै ४ थान भेन्टिलेटर ल्याइएको थियो । त्यस्तै, दन्त सेवा दिन डिजिटल एक्सरे मेसिन संचालनमा ल्याइएको थियो । ‘डिजिटल एक्सरे मेसिनले उपचारमा सहज बनाएको छ’, दन्तसेवा इञ्चार्ज डा अपिल बस्नेतले भने, ‘पहिला बिरामीलाई सेवा दिदाँ पुरानो मेसिनका कारण ढिलो हुन्थ्यो । नयाँ मेसिन राखेपछि कसैले पनि पालो पर्खनुपर्दैन ।’ दैनिक १ सय ५० जनासम्म बिरामीले सेवा लिने गरेको उनले बताए । छिमेकी जिल्ला गोरखा, लमजुङ र कास्कीका विभिन्न स्थानका बिरामी दमौली अस्पताल आउने गरेका छन् ।
लकडाउनपछि अस्पतालमा नयाँ मेसिन जडान र स्तरोन्नतिमा ४ करोड रुपैयाँ बराबर खर्च भएको अस्पताल विकास समिति अध्यक्ष प्रदीपराज अधिकारीले बताए ।
२०५९ सालमा अस्पतालको रुपमा स्तरोन्नति दमौली अस्पताल उपकरण थप्ने अभियानमा जुटेको छ । गत महिनामात्रै एनेस्थेसिया मेसिन जडान गरियो । बिनाअक्सिजन शल्यक्रिया गर्न सकिने २० लाख रुपैयाँ बराबरको उक्त मेसिन स्वास्थ्य तथा जनससंख्या मन्त्रालयले उपलब्ध गराएको थियो । १५ शैय्या क्षमताको प्रादेशिक ‘क’ वर्गको अस्पतालले आँखा, दाँत, डायलाइसिस, भिडियो एक्सरे, एक्सरे, प्रसूति , ओपिडी, मानसिक, एचआइभी संक्रमितका लागि एआरटी, क्षयरोग, प्रयोगशाला, स्वास्थ्य बीमा, गर्भवती, खोप, औषधालय लगायत सेवा प्रदान गर्दै आएको छ ।
पन्ध्र शैय्याको अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गर्ने तयारी छ । त्यसका लागि जग्गा अभावले समस्या उत्पन्न गराएको छ । प्रदेश सरकारमातहत दुई सरकारी कार्यालयको जग्गा उपलब्ध गराइदिन मुख्यमन्त्रीसँग अस्पताल प्रशासनले अनुरोध गरेको छ । कृषि ज्ञान केन्द्रको स्वामित्वको जग्गामध्येबाट ५ रोपनी र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्वामित्वको ८ रोपनी जग्गा अस्पताललाई उपलब्ध गराउन माग गरिएको हो । अस्पतालको हाल साढे १५ रोपनी जग्गा छ । ५० शैय्याको अस्पताल बनाउन कम्तीमा ३५ रोपनी आवश्यक पर्ने अध्यक्ष अधिकारीले बताए ।
Related News
सम्बन्धित समाचार
खानेपानी संस्थानको ३२ औं वार्षिकोत्सव
लोककवि अलि मियाँको स्मरण
तरकारी बजारमा माछापुच्छ्रे बैंकको क्युआर सेवा
सुरेश बडालको ‘रहर’ लोकार्पण
टाइगर कपबाट १९ लाख बचत
hero news full width
मुख्य समाचार
म्याग्दीमा पालिका र वडा थप्ने निर्णय
पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
फागुन १५, २०७७जहाँ माछाको काजकिरिया गरिन्छ
फागुन १५, २०७७एचआइभी संक्रमितलाई छैन डायलासिस सेवा
फागुन १५, २०७७प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
फागुन १४, २०७७विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ
फागुन १४, २०७७