पर्यटन व्यवसायी महिला संघ नेपालमा रेनु थापा

आदर्श समाज सम्वाददाता
पौष ३, २०७७
tewan photo

पोखरा ।  पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को तेस्रो वार्षिक साधारणसभा एवम् दोस्रो अधिवेशनबाट रेनु थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

संघ उपाध्यक्षमा कमला गिरी, महासचिव शोभा पाण्डे, सचिव प्रभा सुवेदी र कोषाध्यक्ष शोभा अधिकारी पौडेल छन् । सदस्यमा पार्वती पौडेल, ईश्वरी पौडेल, कमला गुरुङ, अनिता खड्का (भट्टराई), शान्ता तिमल्सिना (सुवेदी) र सरिता क्षत्री छन् ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा पर्यटन परिषद् अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोना कहरको समयमा पर्यटन जोगाउनु अहिलेको आवश्यकता भएको बताए । उनले सरकारले ल्याएको मौद्रिक नीतिको समानुपातिक एवम् प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष विमला भण्डारी, नाट्टा गण्डकी प्रदेश अध्यक्ष सञ्जयकान्त सिग्देल, टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशीलराज पौडेल, पश्चिमाञ्चल होटल संघ अध्यक्ष विकल तुलाचनलगायतले कोरोनाले थलिएको पोखराको पर्यटन पुनःउत्थान गर्दै अघि बढ्नुपर्ने बताए ।

टेवान अध्यक्ष लक्की कार्की क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रेनु थापाले स्वागत र कमला गिरीले सञलन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width