तमु धिंमा शपथ र जिम्मेवारी

आदर्श समाज संवाददाता
पौष ३, २०७७
tamu dhi kala

पोखरा । तमु धिं नेपालमा मनोनीत सदस्यलाई शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहणसँगै विभागीय जिम्मेवारी दिइएको छ।

मनोनीत सदस्यलाई अध्यक्ष हुमबहादुर तमुले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । कार्यक्रममा तमु विद्यार्थी समिति, तमु कलाकार संघ प्रदेश समिति र गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान) ले उनीहरुलाई बधाई ज्ञापन गरेको थियो ।

यसैबीच, तमु धिंको पहिलो पूर्ण बैठकले पदाधिकारी, केन्द्रीय सदस्यलगायतलाई विभागीय जिम्मेवारी दिएको छ । जसमा समग्र नेतृत्वको अलावा अध्यक्ष हुमबहादुर तमुलाई तमु एकता र अनुशासन विभागको जिम्मेवारी दिइएको हो ।

वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद तमुलाई कार्यालय र भुपू सैनिक विभाग, प्रथम उपाध्यक्ष गीमाया तमुलाई संघ संस्था समन्वय र अतिथि सत्कार विभाग, द्वितिय उपाध्यक्षलाई उद्योग, व्यापार, व्यवसाय विभाग, महासचिव अधिवक्ता जूनाकुमारी तमुलाई संगठन, प्रशिक्षण र कानुन विभाग, सचिव जुमबहादुर तमुलाई प्रकाशन र प्रशासन विभाग, सहसचिव मेनकाजी तमुलाई सांस्कृतिक र राज्य समन्वय विभाग, कोषाध्यक्ष गमबहादुर तमुलाई आर्थिक र योजना विभाग र सहकोषाध्यक्ष सु तुलबहादुर तमुलाई व्यवस्थापन विभागको संयोजकसहितको जिम्मेवारी दिइएको छ ।

सदस्य गोपाल तमुलाई निर्माण र शान्तिसुरक्षा, कौशिला तमुलाई महिला विभाग, कृष्णकुमार तमुलाई भाषा र साहित्य, शशिकुमार तमुलाई अतिरिक्त क्रियाकलाप, श्रीजंग तमु शैक्षिक, शान्ति तमु पर्यटन विभाग, सुरेन्द्र तमुलाई प्रचारप्रसार विभाग, विना तमुलाई विदेश विभाग, प्रेमबहादुर तमुलाई सरसफाइ र मर्मत सम्भार र बालकुमारी तमुलाई मञ्च व्यवस्थापन संयोजक तोकिएको छ ।

यस्तै, प्राविधिक विभाग संयोजकमा इ. कसानसिंह तमु, स्वास्थ्य विभाग डा नरेन्द्रविक्रम तमु, सहसंयोजक मीनबहादुर तमु (हिमाली) र खेलकुद विभागमा गजबहादुर तमु संयोजक चुनिए ।

सहसंयोजकमा बालकुमारी तमु (मिलीजुली विजयपुर), युवा संयोजक रमेश तमु, मानार्थ सहसंयोजक विग्नेश थापा, विद्यार्थी संयोजक जीवन तमु, आमा समिति पञ्चकुमारी तमु, कला संयोजक बुद्धि तमु, धार्मिक लामा संयोजक गोपाल तमु, खेगी संयोजक तमु प्ये ल्हु संघ केन्द्रीय समितिको सिफारिसअनुसार, विदेश विभाग सहसंयोजक महेन्द्र तमु, व्यवस्थापन विभाग सहसंयोजक मीनप्रसाद तमु (सोंपाल), महिला विभाग सहसंयोजक धनमाया तमु (फूलबारी) लाई जिम्मेवारी दिइएको अध्यक्ष हुमबहादुर तमुले बताए ।

यसैबीच कार्यसमितिको बैठकले तमु ल्वों ल्होछारका कार्यक्रम भौतिक दूरी र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउँदै पुस १३ देखि १५ सम्म मनाउने निर्णय गरेको महासचिव जूनाकुमारी तमुले बताइन् ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width