राप्रपाले राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा देशभर प्रदर्शन गर्ने

आदर्श समाज सम्वाददाता
पौष ३, २०७७
rpp

पोखरा । राप्रपाले राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा देशभर प्रदर्शन गर्ने भएको छ। बिहीबार बसेको बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो ।

भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधानलगायतका विषयमा सरकारको असफलता एवं उदासीनताको विरुद्धमा तथा सनातन हिन्दूराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको निमित्त पहिलो चरणमा देहायको देशव्यापी जनप्रदर्शन र संघर्ष गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

२०७७ पुस १२ गते सम्पूर्ण ७७ जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत् नेपाल सरकार समक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रम पनि तय गरेको छ ।
पुस १२ देखि २१ गते सम्म जिल्ला सदरमुकाम र ठूला सहरहरुमा मोटरसाइकल ¥याली गर्ने, १५ देखि २५ भित्र जिल्ला सदरमुकाममा जनप्रदर्शन गर्ने निर्णय राप्रपाले गरेको छ ।

पुसको चौथो हप्तादेखि दोस्रो चरणका कार्यक्रम संचालन गरिने राप्रपाले जनाएको छ । त्यस्तै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस ६ र ७ गते काठमाडांैंमा बस्ने निर्णय गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width