पोखराका पूर्व मेयर कृष्ण थापाले गरे पार्किङ शुल्कको विरोध

आदर्श समाज संवाददाता
पौष ३, २०७७
krishna thapa status

पोखरा । पोखरा महानगरले नगरक्षेत्रका सडकमा लगाएको पार्किङ शुल्कको  पूर्व मेयर कृष्णबहादुर थापाले विरोध गरेका छन् ।

प्रदेश सभा सदस्य समेत रहेका नेकपा कास्की अध्यक्ष थापाले शुक्रबार बिहानै सामाजिक सञ्जालमा स्टाटस लेखेर पार्किङ शुल्कको विरोध गरेका हुन् ।

उनले भनेका छन् – पोखराको प्रथम जन निर्वाचित कम्युनिस्ट मेयरको हैसियतले मेरो विनम्र अनुरोध, सुझाव छ । वर्तमान अवस्थामा पार्किङ शुल्क लिन न्यायोचित छैन ।

महानगर मंसिर २८ गतेबाट नगरका सडकमा पार्किङ शुल्क उठाउन करिब ४ करोड रुपैयाँमा ठेक्का लगाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width