गतिशील स्टारको चार्टर्ड डेमा रक्तदान

Avatar आदर्श समाज सम्वाददाता
पौष २, २०७७
gatisil

पोखरा । लायन्स क्लब अफ पोखरा गतिशील स्टारको प्रथम चार्टर्ड डे सेरेमोनी सम्पन्न भएको छ । सो अवसरमा भएको खुला रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भयो ।

प्रमुख अतिथि लायन्स इन्टरनेशनल ३२५ बी १ का प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर विश्वेश्वर आचार्यले कार्यक्रम उद्घाटन गर्दै लायन्स पोखरा गतिशील स्टार सामाजिक सेवामा केन्द्रित रहेको भन्दै खुसी व्यक्त गरे । उनले क्लबको अझ प्रगतिको कामना गरे ।

कार्यक्रममा इन्टरनेशनल ३२५ बी १ का डेप्युटी चिफ एड्भाइजर पदमबन्धु पोखरेल, रक्तदान कार्यक्रमका डिपार्टमेन्ट चिफ बालकृष्ण शर्मा, लायन्स लालीगुँरासका सचिव वसन्त सापकोटा, क्लष्टर प्रमुख सुरेन्द्रमानसिंह भण्डारी, सिनियर एओजी नवराज पौडेललगायतले रक्तदान कार्यक्रमको महत्वबारे प्रकाश पारेका थिए ।

सो अवसरमा मदर क्लब लायन्स पोखरा गतिशीलका निवर्तमान अध्यक्ष तथा डिष्ट्रिक्ट चेयरपर्सन दामोदर सापकोटालाई सम्मान गरिएको थियो ।

क्लब अध्यक्ष बाबुराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष केशव शर्मा सापकोटा, संचालन सचिव ओमप्रकाश थापा र धन्यवाद ज्ञापन रक्तदान कार्यक्रम संयोजक नवराज पौडेलले गरेका थिए ।

कार्यक्रममा प्राविधिक सहयोग क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराले गरेको थियो ।

Related News

सम्बन्धित समाचार

    • हरिप्रसाद स्कुलमा लायन्सको खानेपानी आयोजना

      Avatar आदर्श समाज सम्वाददाता माघ १३, २०७७
      पोखरा । लायन्स क्लब पोखरा अन्नपूर्ण र लायन्स क्लब दर्पणले कास्कीको माछापुच्छ्रे ८, खोराको मुखस्थित शहीद हरिप्रसाद आधारभूत विद्यालयमा खानेपानी…
    • लायन्सले खुवायाे विद्यार्थीलाई सात दिन, सातथरी खाजा

      Avatar आदर्श समाज सम्वाददाता माघ १, २०७७
      पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले मेलवन्स जोन्सको जन्मसप्ताह सेवामय कार्यक्रम साथ सम्पन्न गरेको छ । क्लबले डिस्ट्रिकको…
    • आदर्श चौतारीको न्यानो कपडा सहयोग

      adarsha samaj आदर्श समाज संवाददाता पौष १९, २०७७
      पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले शनिबार वालिङ–४ खाल्टे एलादीको जेठी कन्यादेवी प्राविका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक…
    • महर्षि गुरुकुललाई राधिकाको सहयोग

      Avatar आदर्श समाज सम्वाददाता पौष ११, २०७७
      पोखरा । लायन्स क्लब अफ पोखरा समृद्धिका पूर्व अध्यक्ष तथा जोन चियरपर्सन राधिका थापाले महर्षि गुरुकुल वेद विद्याश्रममा आश्रित विद्यार्थीलाई…
    • वेद विद्याश्रमलाई लायन्रसकाे सहयोग

      adarsha samaj आदर्श समाज संवाददाता पौष ४, २०७७
      पोखरा । पोखरा चिसाखोला वेद विद्याश्रममा लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटीका अध्यक्ष राजेश शिल्पकारको सौजन्यमा वेद विद्याश्रम प्रवेश गर्ने…

    hero news full width

    sanil ads

    wordlink ads