कवि केबी नाम्जाली स्मृति अक्षयकोषको राशि बढाइयो

आदर्श समाज सम्वाददाता
पौष २, २०७७
namjali

पोखरा ।  कवि केबी नाम्जाली भुरुङ मगरको नाममा स्थापित ‘कवि केबी नाम्जाली भुरुङ मगर स्मृति अक्षयकोष’ को राशि १ लाख १ हजार रुपैयाँ पुर्‍याइएको छ ।

मगर भाषा प्रतिष्ठान, कास्कीले सञ्चालन गर्ने अक्षयकोषमा यसअघि ६० हजार रुपैयाँ रहेको थियो । अक्षयकोषमा कवि भुरुङ परिवारले ४१ हजार रुपैयाँ थप रकम हस्तान्तरण गरेपछि अब अक्षयकोषको रकम १ लाख १ हजार रुपैयाँ भएको छ ।

अक्षयकोषको ब्याजबाट हरेक दुई÷दुई वर्षमा एक जना मगर स्रष्टालाई सम्मान गरिँदै आएको छ । अक्षयकोषको थप रकम बिहीबार आयोजित कवि नाम्जालीको ५४ औं जन्मजयन्तीका अवसरमा कविपत्नी शशि थापामगरले प्रतिष्ठानका अध्यक्ष रूद्रबहादुर हितानमगरलाई हस्तान्तरण गरिन् ।

कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य पूर्णबहादुर रानामगरले मगर समुदायका एक होनहार स्रष्टालाई अल्पायुमै गुमाउनुपर्दा पीडाबोध भइरहने बताए । मगर भाषा र साहित्यको विकासमा कवि नाम्जालीले पु¥याएको योगदान अतुलनीय रहेको भन्दै रानामगरले कवि नाम्जालीका अप्रकाशित कृति र रचना प्रकाशनका लागि मगर संघले सहयोग गर्ने उल्लेख गरे ।

मगर भाषा र साहित्यको विकासमा लागिपरेका स्रष्टाहरूलाई राज्यले बेवास्ता गर्ने गरेको जनाउँदै उनले ओझेलमा रहेका मगर स्रष्टालाई अघि ल्याउन मगर भाषा प्रतिष्ठानजस्ता संस्थाले अगुवाइ गर्नुपर्ने बताए ।

अक्षयकोषका संरक्षक एवं कविका मामा क्या. नरेश थापामगरले कवि नाम्जाली एक क्रान्तिकारी कवि भएको बताए । कविले लेखेका ऊ बेलाका कवितांशजस्तै देश र समाजको परिस्थिति समेत अझै उस्तै रहेको बताउँदै उनले कविका हिजोका रचना आज पनि उत्तिकै सान्दर्भिक बनिरहेको भनाइ राखे ।

नेपाल मगर संघ, कास्कीकी जिल्ला सदस्य पुष्पा पुनमगरले मगर समुदायको धेरै ठूलो जनसंख्या आफ्नो मातृभाषाबाट वञ्चित भएको अवस्था रहेको भन्दै मगर भाषा संरक्षणमा अहोरात्र खट्ने व्यक्ति कमै भएको उल्लेख गरिन् ।

मगर भाषा प्रतिष्ठान, कास्कीका अध्यक्ष रूद्रबहादुर हितानमगरले देश र समाज परिवर्तनको हुटहुटीपन कविमा रहेको बताउँदै कवि नाम्जालीका हरेक कविता र मुक्तकमा क्रान्तिकारीपन झल्किने उल्लेख गरे ।

प्रतिष्ठानका उपाध्यक्ष यामबहादुर थापामगरले कवि नाम्जाली प्रतिभाशाली कवि भएको बताउँदै जीवनको छोटो समयमा पनि मगर भाषा र साहित्यका लागि उल्लेखनीय योगदान पुर्‍याएको बताए ।

सो अवसरमा प्रतिष्ठानका सचिव रूद्रबहादुर श्रीसमगरले कवि नाम्जालीको स्मृतिमा स्मृतिग्रन्थ प्रकाशन गर्न सके कविको व्यक्तित्व र कृतित्वलाई व्यापक बनाउन सकिने धारणा राखे ।
स्याङ्जाको हरिनास गाउँपालिका–३, प्यारसिङमा जन्मिएका कवि नाम्जालीको २०६९ जेठ १२ गते ४६ वर्षको अल्पायुमै निधन भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width