पोखरा । नागरिक समाज पोखराले पोखराका महत्वपूर्ण सम्पदा ४० वर्षका लागि ठेक्का दिने पोखरा महानगरपालिकाको निर्णय गलत भएको भन्दै तत्काल निर्णय सच्याउन माग गरेको छ ।
संस्थाको बुधबार बसेको बैठकले महानगरले विधि र प्रक्रिया मिचेर पोखराका महत्वपूर्ण सम्पदा ठेक्कामा दिने निर्णय गलत भएकोले तत्कालन सच्याउन माग गरेको हो ।
यस्तै, सरकारले मंगलबार जारी गरेको अध्यादेशले राजनीतिक द्वन्द सृजना भई मुलुकलाई अस्थिरतातर्फ लैजाने सम्भावना रहेकोले अविलम्ब फिर्ता लिन पनि माग गरेको छ ।
यसैगरी, पोखरा महानगरले छुट्टै पार्किङ क्षेत्र व्यवस्था नगरी सार्वजनिक सडक, सडकपेटी र सडक किनारका खाली ठाउँ पार्किङस्थलमा परिणत गरेर शुल्क उठाउने गलत काम गरेको भन्दै सो कार्य रोक्न माग गरेको छ ।
साथै सडक किनारमा सवारीसाधन पार्किङ गर्ने गैह्रकानुनी गतिविधि अन्त्य गर्न महानगरका मेयरसमक्ष गम्भीर ध्यानाकर्षण गराउने प्रस्ताव पारित गरेको संस्थाका पूर्व अध्यक्ष रामबहादुर पौडेलले जानकारी दिए ।
सेती नदी खोंच, पाताले छाँगो, सराङ्कोटको डाँडा, होर्डिङ बोर्ड, फेवा र बेगनास तालमा वाटर स्पोर्टस् आयोजना सञ्चालनका लागि सार्वजनिक निजी साझेदारी (पिपिपी) कार्यक्रम अन्तर्गत महानगरले निजी क्षेत्रलाई गुहारेको हो ।
महानगरको सार्वजनिक निजी साझेदारी नियमावलीले बढीमा ४० वर्षसम्म ठेक्का दिन मिल्ने व्यवस्था गरे पनि संघ सरकारका कानुनले बढीमा ३५ वर्षको सीमा तोकेको छ । केही आयोजनाको प्रक्रिया अघि बढिसकेको छ भने केही थाँती रहेको महानगरका पिपिपी कार्यक्रमका फोकलपर्सन महेन्द्रबहादुर गोदारले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
हिल हिमालयजद्वारा ४३ हजार किलो फोहोर व्यवस्थापन
लेखनाथ जेसिज र जुनियर जेसिजको पदस्थापन
फेवातालकाे सीमांकन : ४० वर्ष अघिकै आकारमा फर्काउने प्रयास
सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
बैदाम प्रहरीमा महिला इञ्चार्ज
hero news full width
मुख्य समाचार
घरपरिवारबाटै अपहेलित छन् बहिरा
स्वस्थानी व्रत आजदेखि
माघ १५, २०७७विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो
माघ १४, २०७७नेपाल बार एसाेसिएसनको १५ औं सम्मेलन पोखरामा
माघ १४, २०७७तलबभत्तासहित वर्षदिनमा साढे १२ लाख रुपैयाँ सामाजिक सेवामा खर्चे सांसद विन्दु थापाले
माघ १४, २०७७पाेखराका ४ अस्पतालसहित गण्डकीका ११ वटै जिल्लामा सुरु भयाे काेराेनाविरुद्ध खाेप अभियान
माघ १४, २०७७