महिला स्वयंसेविका सम्मानित

आदर्श समाज सम्वाददाता
पौष १, २०७७
Rambazar News Photo (1)

पोखरा । पोखरा महानगरपालिका १० मा आबद्ध महिला स्वयंसेवीलाई सहरी स्वास्थ्य सेवा केन्द्र पोखरा १० ले बुधबार सम्मान गरेको छ । १७ औं राष्ट्रिय स्वयसेवीका दिवस २०७७ का अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।

वडा सदस्य एवं सहरी स्वास्थ्य सेवा केन्द्रका उपाध्यक्ष सम्मरबहादुर श्रेष्ठले वडामा स्वास्थ्य सेवा केन्द्र स्थापना र सञ्चालन गरी अति विपन्न परिवारका सदस्य लगायत अन्य बिरामीलाई निशुल्क सेवा दिँदै आइरहेको भन्दै स्वयंसेवीको प्रशंसा गरे । जनसेवामा खटिएका १४ जना स्वयंसेवीलाई उक्त अवसरमा सम्मान गरिएको छ । १४ जनामध्ये १ जनालाई उत्कृष्ट छनोट गरी विशेष सम्मान गरिएको छ ।

वडाध्यक्ष राजकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा माया गुरुङ भुजेल लाई उत्कृष्ट घोषणा गरी मायाको चिनो, सम्मान पत्रले सम्मान गरिएको छ । कार्यक्रममा पोखरा महानगर पालिका स्वास्थ्य महाशाखाका अस्पताल निरीक्षक सविना श्रेष्ठ, वडा सदस्यमा निशा मल्ल ठकुरी, प्रतिभा विक पोखरेल, दीपकबहादुर थापा, वडा सचिव हरिकृष्ण आचार्य लगायतले भनाइ राखे राखे ।

यसैगरी सम्मानित माया गुरुङ भुजेल, महिला स्वयं सेविका वडा नं १० का संयोजक गीता कोइराला र नेपाल रेडक्रस सोसाइटी पोखरा १० वडास्तरीय विपत व्यवस्थापन समिति संयोजक टुकाराम लामिछाने लगायतले सहरी स्वास्थ्य सेवा केन्द्रको अवस्थाका बारेमा भनाइ राखे ।

Related News

सम्बन्धित समाचार

  • युआरएलको शिविरमा मधुमेह र कोलेस्ट्रोलको सित्तैमा जाँच

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । घिरिङ पोखरा सम्पर्क मञ्चले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक सहयोगमा सोमबार आयोजना गरेको शिविरमा २ सय…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युआरएलमा वैशाखभर ३० प्रतिशत छुट

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले नयाँ वर्षको अवसरमा वैशाख महिनाभर छुट दिने भएको छ । युआरएलको प्रधान कार्यालय…
  • पर्वत अस्पतालमा १२ घन्टा ओपिडी सेवा

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पर्वत । पर्वत जिल्ला अस्पतालले १२ घण्टा बहिरंग (ओपिडी) सेवा सञ्चालन गर्ने भएको छ । उपचारका लागि आउने बिरामीको सहजताका…
  • स्वास्थ्य शिविरबाट १६५० लाभान्वित

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    स्याङ्जा । पुतलीबजार नगरपालिकाको आयोजना तथा काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा बुधबार बृहत् निशुल्क स्वास्थ्य शिविर भएको छ । औषधी…

hero news full width