पोखरा। नेपाली कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले यथास्थितिमा कांग्रेस सरकारमा जानु राजनीतिक आत्महत्या हुने टिप्पणी गरेका छन् । पाँच वर्षका लागि प्रतिपक्षमा बस्ने जनमत पाएकोले हतारिएर सत्ता सञ्चालनमा लाग्नु पार्टी र जनताका लागि पनि अहित हुने उनको भनाइ छ ।
‘ओली सरकारको फोहोर सफा गर्न सरकारमा जानु भनेको आत्महत्यासरह हो तर नेकपा फुटिहाल्यो भने सरकारलाई शून्यता बनाउने पक्षमा कांग्रेस छैन,’ नेपाल प्रेस युनियन कास्कीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘सरकारमा नगई जुन पक्षलाई सहयोग गर्दा लोकतन्त्र बलियो हुन्छ, त्यसैलाई समर्थन गर्छ । तर, सरकार बाहिर रहन्छ ।’
उनले कांग्रेस महाधिवेशनभन्दा सरकारले गरेका ज्यादतिविरुद्ध आन्दोलन तयारीमा लाग्नुपर्ने बेला आएको बताए । ‘कांग्रेस यतिबेला महाधिवेशन तयारीमा छ । यो बेला यता केन्द्रित हुने अवस्था रहेन,’ उनी भन्छन्, ‘सरकारले लोकतान्त्रिक मूल्यमान्यता सबै ध्वस्त पा¥यो । त्यसविरुद्ध लड्न महाधिवेशनभन्दा पनि आन्दोलनकेन्द्रित हुन मेरो प्रस्ताव छ ।’ उनले अन्तरिम नेतृत्व चयन गरेर महाधिवेशन डेढ वर्ष पछि धकेल्न सुझाए ।
उनले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश लोकतन्त्रमाथिकै चुनौती भएको तर्क गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओली न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई राज्यसत्तामा केन्द्रित गरी अधिनायकवादउन्मुख भएको बताए । युनियन कास्की अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले स्वागत र सचिव प्रदीप पौडेलले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर
बालुवाटार छिरे विप्लव
विप्लव सार्वजनिक, नवलपुरमा सहिद परिवारलाई भेटेर प्रहरी स्कटिङ्गमा काठमाडौं जाँदै
सरकार–विप्लव सहमति : प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बाेधन गर्ने
नवलपुरमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान
hero news full width
मुख्य समाचार
तालवाराही मन्दिरमा क्युआर कोडबाट भेटी
पेट्रोलको मूल्य ६ वर्षयताकै बढी, निगमलाई मासिक ३ अर्ब घाटा
फागुन २१, २०७७रूपाकाे स्यास्त्रीमा अब दैलो छेवैमा सिटामोल जोहो
फागुन २१, २०७७फेदीखोलामा मजदुरलाई परिचयपत्र
फागुन २१, २०७७सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति
फागुन २०, २०७७अनलाइन प्रणालीबारे थाहा नहुँदा श्रम कार्यालयमा भीड
फागुन २०, २०७७