पोखरा । लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशले विपन्न तथा जेहन्दार विद्यार्थीलाई कम्प्युटर तालिम निशुल्क प्रदान गर्न थालेको छ । ग्लोबल आइटी एजुकेसन अमरसिंहचोकमा बुधबार तालिम उद्घाटन भएको छ ।
कार्यक्रममा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी १ नेपालका जोन चियरपर्सन सुरेन्द्र पौडेलले विद्यार्थीलाई कम्प्युटर तालिम निशुल्क प्रदान गरेर क्लबले उदाहरणीय कार्य गरेको बताए ।
क्लबका अध्यक्ष कोपिला श्रीसको अध्यक्षतामा आयोजित कार्यक्रममा डिस्ट्रिक्ट चियरपर्सन तथा ग्लोबल आइटीका सञ्चालक विकास भुर्तेलले २१ औं सताब्दीमा कम्प्युटर शिक्षाको महत्व धेरै रहेकाले राम्रोसँग ज्ञान हासिल गर्न विद्यार्थीलाई आग्रह गरे ।
कार्यक्रममा क्लबका द्वितीय उपाध्यक्ष उषा हिस्की मगर, क्लबका सचिव, पोखरा महानगरपालिका कार्यकापालिका सदस्य तथा पोखरा २४ का वडा सदस्य सन्तु सुवेदी, क्लबका कोषाध्यक्ष सुशीला रामदाम, क्लबका मेम्बर सोनु श्रेष्ठ लगायतले बोलेका थिए ।
१५ जना विद्यार्थीले ३ महिनासम्म कम्प्युटरको डिप्लोमा कोर्स अध्ययन गर्ने क्लबका अध्यक्ष कोपिना श्रीसले जानकारी दिइन् ।‘ तालिमका लागि क्लबले १ लाख ३० हजार रुपैयाँ खर्च गर्नेछ,’ उनले भनिन् । क्लबका डाइरेक्टर वीरेन्द्र कुमार पुन (हाल जापान) र सुरेन्द्र थापा (हाल दक्षिण कोरिया) को आर्थिक सहयोगमा तालिम प्रदान गर्न लागिएको उनले जानकारी दिइन् ।
यसैबीच, क्लबले नयाँ सदस्यलाई स्वागत गरेको छ । लायन्समा प्रवेश गरका सदस्यलाई खादा तथा माला लगाएर स्वागत गरिएको हो ।
Related News
सम्बन्धित समाचार
हरिप्रसाद स्कुलमा लायन्सको खानेपानी आयोजना
लायन्सले खुवायाे विद्यार्थीलाई सात दिन, सातथरी खाजा
आदर्श चौतारीको न्यानो कपडा सहयोग
महर्षि गुरुकुललाई राधिकाको सहयोग
वेद विद्याश्रमलाई लायन्रसकाे सहयोग
hero news full width
मुख्य समाचार
सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति
अनलाइन प्रणालीबारे थाहा नहुँदा श्रम कार्यालयमा भीड
फागुन २०, २०७७पानी भए पो पँधेरो : रुपाका गाउँमा अझै खानेपानी समस्या
फागुन २०, २०७७उपभोक्तालाई नै छैन वास्ता, राेकिएन ठग्ने ठगिने क्रम
फागुन १९, २०७७‘प्रधानमन्त्री पाउँ पनि भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन’
फागुन १९, २०७७‘सरकार र चन्द समूहको वार्ता सकारात्मक दिशातर्फ उन्मुख’
फागुन १९, २०७७