नेपालमा कोरोना सङ्क्रमित अढाइ लाख नाघे

रासस
पौष १, २०७७
kawasoti corona

सांकेतिक तस्वीर ।

काठमाडौँ, १ पुस । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या अढाइ लाख नाघेको छ । आज थप ७३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या दुई लाख ५० हजार ९१६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा पाँच हजार ५५५ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म १८ लाख ४९ हजार १३६ जनाको पिसिआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ३९ हजार ४१६ कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ८४७ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर नौ हजार ७५७ सक्रिय सङ्क्रमित रहेका छन् ।

कोरोनाबाट थप १३ को मृत्यु

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप १३ को मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ७४३ पुगेको मन्त्रालयले जनाएको छ । मङ्गलबार कोरोना सङ्क्रमणबाट १४ जनाको ज्यान गएको थियो । आज मृत्यु हुनेमा तीन जना काठमाडौँ उपत्यकाका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width