Worldlink ads

पचभैया होमस्टेमा नयाँ नेतृत्व

Avatar आदर्श समाज सम्वाददाता
पौष १, २०७७
homestaya

लेखनाथ । पचभैया समुदायिक होमस्टे, पोखरा–३१ को चौथो साधारण सभा तथा तेस्रो अधिवेशनले नीलकुमारी थापामगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समिति उपाध्यक्षमा सरस्वती थापा, सचिव गणेश ढकाल, कोषाध्यक्ष पद्मराज लामिछाने छन् । यस्तै सदस्य रामजी पौडेल, गोविन्द पौडेल र सुशीला थापा चयन भए ।

नेपाल लाइफ इम्प्रुभमेन्ट फाउन्डेसनका संस्थापक मौरे मेसनले कोरोना महामारीका कारण पर्यटन क्षेत्रको अस्थिरता छिट्टै अन्त्य हुने विश्वास दिलाउँदै स्थानीयस्तरमा उत्पादित वस्तुको प्रवद्र्धनमा लाग्न समेत आग्रह गरे ।

सिड फाउन्डेसन कास्कीका संस्थापक दामोदरभक्त थापा र पचभैया कोट देउरालीका अध्यक्ष कृष्णबहादुर थापाले पचभैयामा पर्यटकीय गतिविधिमा जोड दिनुपर्ने बताए ।

पचभैया होमस्टेका अध्यक्ष अर्जुन लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा समिति उपाध्यक्ष सरस्वती थापाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads