कास्कीकाे छाेम्राेङमा ऐतिहासिक कुलीबराह मन्दिर निर्माण

रासस
मंसिर ३०, २०७७

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित छोम्रोङ गाउँको पूर्वी भागमा रहेको ऐतिहासिक शक्तिपीठ कुली बराहको मन्दिर निर्माण सम्पन्न भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको रु चार लाख र देश विदेशका विभिन्न स्थानमा रहेका स्थानीयको १४ लाखसहित कूल १८ लाखमा मन्दिर निर्माण गरिएको निर्माण समितिका सदस्य एवं छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दीलीप गुरुङले जानकारी दिनुभयो ।

छोम्रोङ र आसपासका क्षेत्रमा बस्ती विकास भएसँगै कुलीबराहसहितका शक्तिपीठको अस्तित्व रहेको बताउँदै उहाँले व्यवस्थित मन्दिर नहुँदा विगतमा स्थानीयवासीले शिलामा पूजाआजा गर्ने गरेको बताउनुभयो । अन्नपूर्ण आधार शिविर जाने पदमार्ग आसपासमा पर्ने कुलीबराहसहित गाउँको उत्तर–पश्चिममा पर्ने छुरुप बराह, दक्षिण पूर्वमा पर्ने ताउजी बराह, पश्चिममा पर्ने मेश्रम बराह र उत्तर पूर्वकापर्ने पुजनीयम् बराह यहाँका दर्शनीयस्थल हुन् ।

पदमार्ग क्षेत्रमा सम्भाव्य प्राकृतिक प्रकोप नहोस् भन्दै स्थानीयवासीले वर्षेनी यी बराहको पूजाआजा गर्दै आएको स्थानीयवासी बताउछन् । अन्नपूर्ण आधारशिविर क्षेत्रमा पर्ने यी धार्मिकस्थलको संरक्षण र विकासका लागि पछिल्लो समयमा स्थानीयले जागरुकता देखाउँदै आएको समाजसेवी एवं अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले बताउनुभयो । धार्मिक तथा सांस्कृतिक महत्वका यी शक्तिपीठको संरक्षण र विकासमा स्थानीयवासीले देखाएको सक्रियतासँगै राज्यका तर्फबाट सहयोग आवश्यक हुने गुरुङको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…
  • पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँवर्षदेखि प्रदर्शनी केन्द्रमा हुने श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञको तयारी तीब्र पारिएको छ ।…
  • वाल्मीकि आश्रम पुग्न भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता

    आदर्श समाज सम्वाददाता चैत्र ३, २०८०
    चितवन ।  ऐतिहासिक महत्व बोकेको चितवन राष्ट्रिय निकुञ्जको जंगलभित्र अवस्थित पौराणिक भूमि वाल्मीकि आश्रम जान भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता…

hero news full width