लागु औषधसहित मीनबहादुर पक्राउ

Avatar आदर्श समाज सम्वाददाता
मंसिर ३०, २०७७
chori photo

पोखरा
कास्की प्रहरीले सोमबार राति पोखराको लामाचौरबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

माछापुच्छ्रे गाउँपालिका १ भुर्जुङखोला घर भई लामाचौर बस्ने ३५ वर्षे मीनबहादुर तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनको साथबाट डाइजापाम, नुर्फिन र फेनेरागन ३५/३५ एम्पुल बरामद गरिएको सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण बस्यालले जानकारी दिए ।

उनलाई लागु औषध मुद्दामा म्याद थप गरी कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग