पञ्चासे तनाव मुक्तिको नेच्यूरल हस्पिटलः मन्त्री लम्साल

आदर्श समाज सम्वाददाता
मंसिर ३०, २०७७
Panchashe

पोखरा । धार्मिक, ऐतिहासिक तथा जैविक विविधताले भरिपूर्ण पर्यटकीय क्षेत्र पञ्चासेमा आइतवार बालाचतुर्दशी मेला सम्पन्न भयो ।

कास्की, स्याङ्जा र पर्वतको संगमस्थल रहेको सो क्षेत्रमा कोरोना महामारी बीच पनि मेलामा उल्लेख्य सहभागिता रहेको थियो ।

मेलाको प्रवेशद्वार भञ्ज्याङमा पञ्चासे जानेहरुलाई अनिवार्य मास्क लगाउन र सामाजिक दूरी कायम गर्न अनुरोध गरिनुका साथै सेनिटाइजर छर्किएको थियो ।

मेलामा शतबीज छर्नेहरुका साथै पञ्चासे लेकको पदयात्रा गर्ने र हिमालयको दृश्यावलोकनमा जानेहरुको संख्या अधिक थियो ।

बालाचतुर्दशी मेलाकै अवसर पारेर पञ्चासे सुनाखरी गोपाल स्मृति पार्क निर्माण उपभोक्ता समिति, पञ्चासे क्षेत्र विकास समिति र माछापुच्छ्रे विकास संघ कास्कीले संयुक्त रुपमा गोपाल गुरुङको प्रतिमा अनावरण तथा पञ्चासे संरक्षण पुरस्कार वितरण कार्यक्रमको आयोजना गरे ।

कार्यक्रमका प्रमुख अतिथि उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री विकास लम्सालले स्व. गोपाल गुरुङको प्रतिमा अनावरण गरेका थिए ।

मन्त्री लम्सालले पञ्चासे संरक्षण पुरस्कार–२०७७ द्वारा पुरस्कृत भएको प्रसिद्ध पञ्चासे मासिक खबरपत्रिकाका सम्पादक दिलबहादुर भट्टराई र कार्यकारी सम्पादक धर्मराज पौडेललाई सम्मान गरे । उक्त पुरस्कारको राशि नगद २२ हजार दुई सय २२ रहेको थियो ।

त्यस अवसरमा मन्त्री लम्सालले पञ्चासे तनाव मुक्तिको नेचुरल हस्पिटल भएको बताए । उनले यस क्षेत्रको पानी भण्डार पञ्चासे नै भएको र यसको प्राकृतिक संरक्षणका लागि सबैले ध्यान दिनु पर्ने बताए । साथै यसको विकासको लािग प्रवेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

वातावरणविद् बुद्ध गुरुङले प्राकृतिक सम्पदालाई असर नपार्ने गरी निर्माणका कार्य गर्नुपर्ने बताए ।

कुश्मा नगरपालिका–१४, का वडाअध्यक्ष भीमप्रसाद गुरुङले स्व. गोपाल गुरुङको सपना साकार पार्न पञ्चासेको संरक्षणमा लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा पञ्चकोशी समाजका अध्यक्ष कमल गुरुङ नेपाल पञ्चधाम पञ्चासेका अध्यक्ष निरविक्रम पौडेल, माछापुच्छ्रे विकास संघका अध्यक्ष कृष्णप्रसाद अधिकारी, पञ्चासे क्षेत्र विकास समितिका उपाध्यक्ष तारा गुरुङ, पञ्चासे वन संरक्षण क्षेत्र मूल परिषद्का कार्यवाहक अध्यक्ष राजकाजी गुरुङ, उपाध्यक्ष अर्जुन पौडेललगायतले मन्तव्य राखेका थिए ।

पञ्चासे सुनाखरी गोपाल स्मृति पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष क्या. हितमान गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा सचिव चिजकाजी गुरुङले स्व. गोपाल गुरुङको योगदानबारे प्रकाश परेका थिए ।

कार्यक्रमको सञ्चालन पञ्चासे क्षेत्र विकास समितिका अध्यक्ष दिलबहादुर भट्टराईले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…
  • पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँवर्षदेखि प्रदर्शनी केन्द्रमा हुने श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञको तयारी तीब्र पारिएको छ ।…
  • वाल्मीकि आश्रम पुग्न भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता

    आदर्श समाज सम्वाददाता चैत्र ३, २०८०
    चितवन ।  ऐतिहासिक महत्व बोकेको चितवन राष्ट्रिय निकुञ्जको जंगलभित्र अवस्थित पौराणिक भूमि वाल्मीकि आश्रम जान भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता…

hero news full width