अख्तियारको कार्यालय भवन उद्घाटन

Avatar आदर्श समाज सम्वाददाता
मंसिर २९, २०७७
20201213_111713 (1)

पोखरा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नवनिर्मित पोखरा कार्यालय उद्घाटन गरिएको छ । आइतबार आयोगका कार्यबाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीले पोखराको मासबारस्थित कार्यालयका भवन उद्घाटन गरे ।

कार्यक्रममा डा. जोशीले सम्बन्धित निकायहरु जिम्मेवार र जवाफदेही भएमा विकास निर्माणका कार्य समयमै सम्पन्न हुने बताए । अख्तियार संघीय, प्रदेश र स्थानीय तिनै तहका सरकार तथा नागरिक समाजसँग सहकार्य गर्दै मुलुकमा भ्रष्टाचार नियन्त्रणमा अघि बढ्ने बताए । यसो भएमा मात्र सुशासन प्रवद्र्धनमा सघाउ पुग्ने उनको भनाइ छ ।

गण्डकी प्रदेशका प्रमुख सचिव विष्णुप्रसाद नेपालले भ्रष्टाचार न्यूनीकरणले मात्रै देशको विकास सम्भव भएको बताए ।

आयोगका पोखरा कार्यालय प्रमुख विपीन आचार्यले विगतको तुलनामा चालु आवको यस अवधिमा ७० प्रतिशत बढी उजुरी आएको बताए ।

१४ करोड ७२ लाख रुपैयाँ लागत अनुमान रहेको सो भवनको १२ करोड ८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ६ रोपनी जग्गामा फैलिएको सो भवन साढे २ वर्ष अवधिमा निर्माण कार्य सम्पन्न भएको हो ।

सो स्थानमा अत्याधुनिक २ वटा भवन निर्माण गरिएको हो । तीमध्ये प्रशासनिक भवनमा १० कोठा र प्रहरी भवनमा ११ कोठा रहेका छन् । यसअघि पोखरा ९, नयाँबजारबाट आयोगको क्षेत्रीय कार्यालय संचालन हुँदै आएको थियो ।

यस प्रदेशका अख्तियार सम्बन्धित सम्पूर्ण कामहरु निकट भविष्यमै पोखरा कार्यालयबाटै हुने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

    • शिवमायालाई ललित गौचन समाजसेवा सम्मान

      Avatar आदर्श समाज सम्वाददाता फागुन २३, २०७७
      पोखरा । नागरिक समाज कास्कीद्वारा सञ्चालित ललित गौचन स्मृति समाजसेवा सम्मान–२०७७ सामाजिक अभियन्ता शिवमाया श्रेष्ठलाई प्रदान गरिएको छ । कास्कीका…
    • हाजिरीजवाफमा चिल्ड्रेन्स एकेडेमी प्रथम

      Avatar आदर्श समाज सम्वाददाता फागुन २३, २०७७
      पोखरा । नेशनल प्याव्सन कास्कीले आयोजना गरेको अन्तरविद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा चिल्ड्रेन्स एकेडेमी प्रथम भएको छ । प्रतियोगितामा चिल्ड्रेन्स एकेडेमीकी ममता…
    • फेवाताल पुर्ने गतिविधि तत्काल रोक्न माग

      Avatar आदर्श समाज सम्वाददाता फागुन २३, २०७७
      पोखरा । पोखरा–१८, गैह्राको चौतारामा पानीको सतह घटेसँगै फेवाताल पुर्ने गतिविधि भइरहेकाले पोखराका विभिन्न सरोकारवाला संघसंस्थाको ध्यानाकर्षण भएको छ ।…
    • मुद्दा मिलाउने भन्दै १ करोड माग्ने पक्राउ

      Avatar आदर्श समाज सम्वाददाता फागुन २२, २०७७
      पोखरा, २२ फागुन । एक करोड दिए जवरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिने भनी रकम ठगी गर्ने दुई व्यक्तिलाई कास्की प्रहरीले…
    • सिद्धार्थ क्लबकाे कार्यक्रममा ९४ युनिट रगत संकलन

      Avatar आदर्श समाज सम्वाददाता फागुन २०, २०७७
      फागुन । सिद्धार्थ क्लब पोखराले बुधबार बिहान गरेको कार्यक्रममा ९४ युनिट रक्त संकलन भएको छ । रक्त संचार केन्द्र, पोखराको…

    hero news full width

    sanil ads

    wordlink ads