शतबीज छर्न गाउँ नछोड्ने वाचा

आदर्श समाज सम्वाददाता
मंसिर २९, २०७७
annapurna sital gufa progrem photo

हेमजा । अन्नपूर्ण गाउँपालिका–५, झोवाङवासीले स्थानीय शीतलगुफास्थित शिवमन्दिरमै शतबीज छरी बालाचर्तुदशी पर्व मनाएका छन्। उनीहरुले आफनै गाउँ–ठाउँका ‘देवता’ चिन्नुपर्ने भन्दै अबदेखि शतबीज छर्न गाउँ बाहिर नजाने प्रतिबद्घता समेत जनाए । सो प्रतिबद्धतासँगै स्थानीय शीतल गुफा र शिवमन्दिरको प्रवद्र्घनमा सघाउ पुग्ने उनीहरुको विश्वास छ ।

बालाचतुर्दशी पर्व अवसरमा आइतवार बिहानै ठूलो संख्यामा गाउँलेहरु झोवाङ र नयाँपुल क्षेत्रमा जम्मा भई डोलीसहित नाचगान र भजनकीर्तन गरी मन्दिरमा शतबीज छरेका छन्। विगत वर्षमा उनीहरु शतबीज छर्न पञ्चासे, गलेश्वर, मुक्तिनाथ लगायतका मन्दिर जाने गर्दथे ।

कार्यक्रमबीच गुफा परिसरमा संस्थाका सल्लाहकार प्रेमप्रसाद पौडेलद्वारा निर्मित घण्टीगृहको गाउँपालिका अध्यक्ष युवराज कुँवरले उद्घाटन गरेका छन् ।

गाउँपालिका अध्यक्ष कुँवरले धर्मसंस्कृति रक्षा गर्नुपर्नेमा जोड दिँदै स्थानीय मठमन्दिर र गुफाको संरक्षण गर्नुपर्ने बताए ।

अन्नपूर्ण गाउँपालिकाले नागडाँडादेखि पर्यटन पदमार्ग निर्माण गर्न सुरु गरेको जनाउँदै कुँवरले त्यसले शीतल गुफालाई पनि सम्बोधन गर्ने औँल्याए।

वडाध्यक्ष जीवनाथ पौडेल शितल गुफा अन्नपूर्ण र समग्र कास्कीकै गौरवको संरचना रहेको चर्चा गरे । उनले सो क्षेत्रको संरक्षणमा ध्यान दिनुपर्ने भन्दै गुफा क्षेत्रमा शौचालय र सिँढी बाटोमा रेलिङ निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिदिन गाउँपालिका अध्यक्षको ध्यानाकर्षण गराए ।

कार्यक्रममा अन्नपूर्ण ६ का अध्यक्ष चित्रबहादुर गुरुङ, सल्लाहकारद्वय प्रेमप्रसाद पौडेल र अर्जुनबहादुर क्षेत्री, शिव मन्दिरका संरक्षक दलबहादुर क्षेत्री लगायतले गुफा चिनारीका लागि प्रवेशद्वारमा होडिङ बोर्ड बनाउनुपर्ने, १०८ धारा निर्माण गर्नुपर्ने, गुफासँग धार्मिक पर्यटन जोड्नुपर्ने, ऐतिहासिक किंम्बदन्तीको प्रचारप्रसार गर्नुपर्ने, स्थानीयको आयस्रोत बढ्नुपर्ने बताए ।

शीतल गुफा धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष सदाखर पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहसचिव जगतबहादुर क्षेत्रीले स्वागत र सचिव शिवप्रसाद पौडेलले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…
  • पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँवर्षदेखि प्रदर्शनी केन्द्रमा हुने श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञको तयारी तीब्र पारिएको छ ।…
  • वाल्मीकि आश्रम पुग्न भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता

    आदर्श समाज सम्वाददाता चैत्र ३, २०८०
    चितवन ।  ऐतिहासिक महत्व बोकेको चितवन राष्ट्रिय निकुञ्जको जंगलभित्र अवस्थित पौराणिक भूमि वाल्मीकि आश्रम जान भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता…

hero news full width