पोखरा । बागलुङ समाज, सैनिकबस्ती ग्रुप नं २, पोखरा–२९ को तेस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले हरकुमार रानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमिति उपाध्यक्षमा भावना पुन, सचिव लक्ष्मण पुन, सहसचिव दिलुमाया काउचा र कोषाध्यक्ष बल्लुवी श्रीस छन् ।
सदस्यमा उत्तम पुन, ज्ञानु पुन, मनमाया बहिक, रोममाया श्रीस, टीका थापा र देवी पुन चयन भए । त्यस्तै, समाजको अनुगमन समितिमा थलबहादुर पाण्डे, देवीराम थापा र खगी पुन रहेका छन् ।
यसैबीच, बागलुङ समाजअन्तर्गत आमा समूह अध्यक्षमा उमादेवी पाण्डे चयन भइन् । उपाध्यक्षमा विमला थापा, सचिव दिलुमाया काउचा, सहसचिवमा मीना पौडेल र कोषाध्यक्ष विष्णु थापा तथा सदस्यमा भाइरती थापा, मनकली थापा, रनमती घर्ती, नेमकुमारी थापा, दोमाया पुन र ज्ञानु काउचा छन् ।
पोखरा २९ का वडा सदस्य थलबहादुर पाण्डेले कार्यक्रम उद्घाटन गर्दै सबै जातजातिलाई समेटेर समाजको स्थापना गरिएको बताए ।
समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार हस्तवीर पुन, पूर्व सचिव दुर्गाबहादुर थापालगायतले समाजले स्थापनाकालदेखि हालसम्म भौतिक एवं जनसांख्यिक रुपमा समेत ठूलो फड्को मारेको बताए ।
समाजका अध्यक्ष हरकुमार रानाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव लक्ष्मण पुनको वार्षिक प्रगति प्रतिवेदन पारित भएको उपाध्यक्ष उमादेवी पाण्डेले जानकारी दिइन् ।
Related News
सम्बन्धित समाचार
हाजिरीजवाफमा चिल्ड्रेन्स एकेडेमी प्रथम
फेवाताल पुर्ने गतिविधि तत्काल रोक्न माग
मुद्दा मिलाउने भन्दै १ करोड माग्ने पक्राउ
सिद्धार्थ क्लबकाे कार्यक्रममा ९४ युनिट रगत संकलन
स्मार्ट सिटी पोखरामा फोहोरको दुर्गन्ध
hero news full width
मुख्य समाचार
ऋषि कट्टेलकाे नेकपा वैधानिक, अोली- दाहालकाे खाेरज
घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
फागुन २३, २०७७सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
फागुन २३, २०७७यसरी शुरु हुँदै छ संसद
फागुन २२, २०७७पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
फागुन २२, २०७७खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
फागुन २२, २०७७