ज्येष्ठ नागरिक सेवा केन्द्र शिलान्यास

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०७७
prithvi subba

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपाको आन्तरिक झगडाले मुलुकको विकास निर्माण नरोकिने बताएका छन् ।

पोखरा–१६ बाटुलेचौरस्थित श्रवणकुमार गृह ज्येष्ठ नागरिक सेवा केन्द्रको शनिबार शिलान्यास गर्दै उनले सो कुरा बताएका हुन् ।

प्रदेश सरकारले ज्येष्ठ नागरिक तथा अपाङ्गका लागि भौतिक संरचना निर्माणमा जोड दिँदै आएको बताउँदै मुख्यमन्त्री गुरुङले सरकार र समाजको सझेदारीमा गरिने निर्माण उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे । सरकार सडक मानवरहित प्रदेश बनाउने अभियानमा जुटेको उल्लेख गर्दै उहाँले त्यसका लागि सबै पक्षको साथ र सहयोगको अपेक्षा गरे ।

नेकपा कास्की अध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले सरकार ज्येष्ठ नागरिकप्रति गम्भीर रहेको उल्लेख गर्दै आगामी दुई वर्षभित्र ज्येष्ठ नागरिक भत्ता पाँच हजार पुग्ने विश्वास व्यक्त गरे । उनले दिवा सेवा केन्द्र सञ्चालनमा आएपछि एक वर्षसम्म बुबाआमालाई आफ्नो तर्फबाट खाजाको व्यवस्था गर्ने जानकारी दिए ।

प्रदेशसभा सदस्य विन्दुकुमार थापाले समाजका ज्येष्ठ नागरिकलाई घरघरमा दिनुपर्ने व्यवहार यथेष्ठ नपुगेको बताउँदै दिवा सेवा केन्द्र सञ्चालनमा आएसँगै उनीहरुलाई केही हदसम्म भए पनि सुविधा पुग्ने बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य प्रभा कोइराला, मीना गुरुङ र पुष्पा केसी भण्डारीले ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माणमा सरकारी तथा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले लामो समयदेखिको अथक प्रयासबाट केन्द्र निर्माणकार्य अघि बढेको बताए ।

कार्यक्रममा केन्द्रको निरन्तरताका लागि समितिले सञ्चालन गरेको अक्षयकोषमा जम्मा हुने गरी राजेश गुरुङले १ लाख, लोकबहादुर थापाले ५० हजार र कार्यसमितिको तर्फबाट १२ लाख गरी कूल रु १४ लाख जम्मा भएको अध्यक्ष दानबहादुर बानियाँले बताए ।

बडहर बोटस्थित सार्वजनिक जग्गामा ३ करोडको लागतमा तीनतले पक्की भवन निर्माण गरिनेछ । भवनको पहिलो तलामा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, अध्ययनस्थल र भान्छा रहने छ भने दोस्रोमा प्रवचन तथा योगकक्ष तथा तेस्रो तल्लामा कार्यालय स्थापना गरिने बताइएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालन गरिने सो भवनका लागि प्रदेश सरकारबाट १ करोड, पोखरा महानगरपालिकाबाट १ करोड र संघीय एवं प्रदेशसभा सदस्यहरुबाट समेत सहयोग हुने आश्वासन प्राप्त भएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरा भिलेज अब चारतारे

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा लेकसाइडस्थित होटल पोखरा भिलेज रिसोर्ट एन्ड स्पा स्तरोन्नतिसहित फोरस्टार होटलको रुपमा सञ्चालन गरिएको छ । २०६६ सालबाट…
  • पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक…
  • भुजेल समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ । नेपाल आदिवासी…
  • स्पोर्टस् अवार्डमा सहयोग प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले आठौं पोखरा स्पोर्टस् अवार्ड सघाउन प्रतिबद्धता जनाएका छन् । सोमबार नेपाल…
  • हेमजामा नागरिक आरोग्य कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रमअन्तर्गतको नागरिक आरोग्य सुरु हुँदैछ । यसै सन्दर्भमा सोमबारदेखि प्रारम्भिक घरधुरी सर्वेक्षण सुरु…

hero news full width