पोखरा । कालिका बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा प्रेमकुमारी केसी सर्वसम्मत चयन भएकी छन् ।
समितिका जेष्ठ सदस्य जेबी कुँवरको अध्यक्षतामा शनिवार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले केसीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
क्याम्पसको संरक्षक एवं सिनेटर समेत रहेएकी केसी लामो समयदेखि क्याम्पस सञ्चालक समितिको महिला सदस्य थिइन् । उनी क्याम्पस संस्थापक अध्यक्ष समाजसेवी एवं उद्योगपति स्व. सूर्यबहादुर केसीकी धर्मपत्नी हुन् ।
यस्तै, बैठकले रिक्त सञ्चालक समिति सदस्यमा युवाउद्यमी किरण केसीलाई मनोनयन गरेको छ । क्याम्पसको संरक्षक सिनेटरसमेत केसी स्व. सूर्यबहादुर केसीका माहिला सुपुत्र हुन् ।
बैठकले संस्थापक अध्यक्ष स्व. केसीको निधनमा वर्ष दिनभरि क्याम्पसका कुनै उत्सव एवं समारोह नगर्ने निर्णय गरेको समिति सदस्य भीमसेन थापाले जानकारी दिए ।
क्याम्पसको स्थापना २०४८ सालमा भएको हो ।