अम्बिका माविको भवन शिलान्यास

Avatar आदर्श समाज सम्वाददाता
मंसिर २८, २०७७
ambika ma ve progrem photo

अम्बिका माध्यमिक विद्यालयको शनिबार भवन शिलान्यास गरिँदै । तस्वीरः श्रीभद्र पौडेल ।

हेमजा । अम्बिका माध्यमिक विद्यालयको सातकोठे भवन शनिवार शिलान्यास गरिएको छ।

भवन शिलान्यास गर्दै पोखरा २५ का वडाध्यक्ष शोभाकर तिम्सिनाले विद्यालयका विधि क्रियाकलाप अनुशरणयोग्य रहेको बताए। उनले सामुदायिक विद्यालयको शिक्षालाई स्थानीय अभिभावकले पनि विश्वास गर्नुपर्ने जनाउँदै साविकको धवलागिरि क्षेत्रबाट हेमजा बसाईसराई गरेर आएका अभिभावकका छोराछोरी मात्रै पठनपाठन हुने थलोका रुपमा अम्बिकालाई नचिनाउन आग्रह गरे ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ कास्कीका प्रमुख लालप्रसाद पोखरेलले प्राविधिक धारतर्फ विद्यार्थी बढाउन सुझाव दिए। इकाइबाट विद्यालयले उल्लेख्य सहयोग प्राप्त गरिरहेको तर्फ संकेत गर्दै प्रमुख पोखरेलले गुणस्तरीय कार्य गरी समयमै निर्माण सक्न निर्माण व्यवसायीलाई आग्रह पनि गरे।

कार्यक्रममा पोखरा महानगरपालिका शैक्षिक महाशाखाका अधिकृत वसन्तराज पौडेल, विद्यालयमा संचालित महायज्ञका अध्यक्ष केशवराज भण्डारी, विद्यालयका अध्यक्ष सुवाश भण्डारी, स्वर्ण महोत्सवका महासचिव मित्रलाल पौडेल, महायज्ञका महासचिव नेत्रपाणि भण्डारी, प्रअ ओमप्रसाद पौडेल, निवर्तमान अध्यक्ष खगेन्द्रराज पौडेल जग्गादाता कमल अधिकारी लगायतले सम्बोधन गरेका थिए । उनीहरुले विद्यालय महायज्ञको लक्ष्य प्राप्तिमा होमिरहेको र सबैको सद्भाव पाइरहेको जनाउँदै गुणस्तरीय प्राविधिक शिक्षा दिन पनि सबै सरोकारवाला सकारात्मक हुनुपर्ने औँल्याएका थिए।

विद्यालयमा जग्गा व्यवस्थापन तथा प्राविधिक शिक्षालय खोल्ने उद्देश्यले २०७४ मंसिर ५ देखि १३ सम्म स्वर्ण महोत्सवअन्तर्गत महायज्ञ गरिएको थियो।जसमा २ करोड १९ लाख संकलन भएको थियो । जसबाट करिब ४ रोपनी जग्गाको खोजी गरी भवन निर्माणको तयारी गरिएको हो ।

विद्यालयमा प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङमा कक्षा ९ देखि १२ सम्म पठनपाठन सुरु भइसकेको छ।

शिलान्यास गरिएको उक्त भवन साउदी अरब सरकारको सहयोगमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत २ करोड १२ लाखको लागतमा निर्माण गर्न लागिएको हो।

भवन निर्माणको जिम्मा मकवानपुरको बानियाँ कन्ट्रक्सनले पाएको छ ।जसको अनुगमनका लागि विद्यालयले ३ सदस्यीय समिति पनि गठन गरेको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जग्गादाता कमल अधिकारीले स्वागत र प्रअ ओमप्रसाद पौडेलले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    • एक वर्षपछि खुले विद्यालय

      rss रासस फागुन १२, २०७७
      मनाङ।  कोरोना महामारी र चिसोले बन्द भएका मनाङका विद्यालय झण्डै एक वर्षपछि सञ्चालनमा अएका छन् । गत वर्ष जाडो सकेर…
    • जनप्रियमा ट्रेकिङ गाइड तालिम

      Avatar आदर्श समाज सम्वाददाता फागुन ११, २०७७
      पोखरा । जनप्रिय बहुमुखी क्याम्पस र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजना एवं माछापुच्छ्रे मोडेल ट्रेकको व्यवस्थापनमा स्नातकतह पर्वतीय पर्यटन…
    • शीतला माविकाे ६३ औं वार्षिकोत्सव: बसाइँसराइले गाउँका विद्यालय संकटमा

      Avatar आदर्श समाज सम्वाददाता फागुन १०, २०७७
      पोखरा। स्याङ्जाको फेदीखोलास्थित शीतला माविले ६३ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बोल्ने वक्ताले सहरमा बसाइँसराइ कारण ग्रामीण भेकका विद्यालय…
    • बेलचौतारामा गण्डकीको शिक्षण अस्पताल

      Avatar आदर्श समाज सम्वाददाता फागुन ४, २०७७
      पोखरा । जीवनपयोगी मूल्यमान्यतामा आधारित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम र नेतृत्वदायी जनशक्ति तयार गर्न गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले…
    • विभूति शिक्षा सदन नयाँ व्यवस्थापनमा

      Avatar आदर्श समाज सम्वाददाता फागुन २, २०७७
      पोखरा । विभूति शिक्षा सदन, रामबजारले वसन्तपञ्चमी अवसरमा निःशुल्क आँखा शिविर तथा विशेष अक्षरारम्भ तथा सरस्वती पूजा गर्ने भएको छ ।…

    hero news full width

    sanil ads

    wordlink ads